नेपालगञ्जमा एकीकृत जाँचचौकीको निर्माण कार्य सुरु – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

नेपालगञ्जमा एकीकृत जाँचचौकीको निर्माण कार्य सुरु

नयाँ बिकल्प

काठमाडौं–भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र नेपाली शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले समारोहमार्फत नेपालगञ्जस्थित एकीकृत जाँचचौकी (आइसीपी)को निर्माण शुभारम्भ कार्यक्रमको संयुक्त रुपमा अवलोकन गरेका छन् ।

काठमाडौंबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर तथा शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सो समारोहको अवलोकन गरेका थिए ।

बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राई, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशमशेर जङ्गबहादुर राणा र नेपालगञ्ज परियोजना साइटका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भन्सार तथा अध्यागमन सुविधालाई एउटै छाता मुनी ल्याई दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई व्यवस्थित गर्न भारत सरकारले भारत–नेपाल सीमाको दुवैतर्फ एकीकृत जाँचचौकीको निर्माण गरिरहेको छ ।

भारत तथा नेपालका प्रधानमन्त्रीद्वयले वीरगंज र बिराटनगरमा निर्मित एकीकृत जाँचचौकीको क्रमसः सन् २०१८ को अप्रिल र सन् २०२० को जनवरी महिनामा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उक्त एकीकृत जाँचचौकीको निर्माण कार्य समाप्त भएपश्चात, सो नवनिर्मित संरचनामा मालवाहक सवारी साधन तथा सार्वजनिक सवारी साधनको सहज आवातजावतका लागि इम्पोर्ट एक्सपोर्ट हाण्डलिङ्ग सुविधाहरु जस्तैवेयर हाउजिङ्ग, रेफ्रिजरेटेड कार्गो सुविधा, औषधीय, बिरुवा तथा जनावर क्वारेन्टिन एरिया, सवारी चालक तथा यात्रुहरुका लागि सुविधा, सीसीटिभी र अन्य सुरक्षा उपकरण, सातै दिन चौबीसै घन्टा बिजुली ब्याकअप सुविधा, फोहोर पानी प्रशोधन सुविधा लगायतका सुविधाहरु हुनेछन् ।

कार्गो हाण्डलिङ्गलाई व्यवस्थित ढङ्गले अघि बढाउन यी सुविधाहरुलाई अघि सारिएकोे हो । यी सुविधाहरुको प्रयोगले आगन्तुकहरुले बेहोर्दै आएको असुविधामा कमी आउनुका साथै समयको बचत पनि हुनेछ । समग्रमा अन्तरदेशीय व्यापार र वाणिज्यमा लाग्ने कारोबार लागत पनि घट्नेछ ।

यस परियोजनाको कार्यान्वयन राइट्स इन्टरनेशनल लिमिटेडको सुपरिवेक्षणमा पुणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ । यस परियोजनाको टेन्डर लागत भारु १४७.१२ करोड (ने रु. २३५.४० करोड) र निर्माण अवधि दुई वर्ष रहेको छ ।

यो संरचना नेपालगञ्ज उप–महानगरपालिकाको जानकी गाउँपालिका वार्ड नम्बर १ र वार्ड नम्बर १६ मा नेपाल सरकारले पहिचान गरेको ६१.५ हेक्टर जग्गामा निर्माण गरिने छ । रुपैडिहामा भारतीय भूमि पत्तन प्राधिकरणले यस्तै किसिमको संरचना भारततर्फ निर्माण गरिरहेको छ ।

यसै वर्षको मे महिनाबाट निर्माण कार्य सुरु गरिएको सो परियोजनाको १० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास विभागले नेपालगञ्जमा निर्माण हुन लागेको एकीकृत जाँचचौकीको निर्माण कार्यमा सघाउ पु¥याउनेछ ।

निर्माण अवधिभर यस परियोजनाले स्थानीय रोजगारी सिर्जना गर्ने, प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गरी स्थानीय अर्थतन्त्रलाई वृद्घि गर्ने र स्थानीय बजारबाट आवश्यक कच्चा पदार्थ तथा वस्तुहरुको आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।

समग्रमा यस परियोजना अन्तर्गत निर्माण हुने संरचनाले अन्तरदेशीय व्यापार तथा आर्थिक गतिविधिहरुलाई प्रबद्र्घन गर्ने अपेक्षा गरिएको छ ।

‘छिमेक पहिलो’ नीतिअनुरुप नेपालसँगको सीमा व्यापार तथा आर्थिक क्रियाकलापहरुलाई प्रबद्र्घन तथा सहजीकरण गर्न र कनेक्टिभिटिलाई बढावा दिन भारत सरकार प्रतिबद्घ छ ।

यसै सन्दर्भमा भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भारतको आर्थिक सहयोगमा नेपालको भैरहवामा चौथो एकीकृत जाँचचौकीको निर्माण गर्ने घोषणा गरेका छन् ।

हाल कार्यान्वयनको मोडालिटी र परियोजनाको कार्यान्वयन गर्नेनिकायको विषय भने विचाराधीन अवस्थामा रहेको छ ।

पछिल्लो तीनवर्षमा व्यवस्थित तथा सुविधा सम्पन्न अन्तरदेशीय लजिस्टिक र पूर्वाधार संरचनाको निर्माणले कनेक्टिभिटिलाई अझ वृद्घि गर्ने र भारत नेपालबीच बलियो र पारस्परिक लाभदायक व्यापार, आर्थिक गतिविधि तथा जनता–जनताबीचको व्यापारिक सम्बन्धलाई अनुभूति गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
  • २०७७ कार्तिक २८, ११: ३७

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा...

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७७ कार्तिक २८, ११: ३७

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७७ कार्तिक २८, ११: ३७

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...