पोखरेलको प्रश्न प्रचण्डलाई ‘प्रस्ताव फिर्ता लिने कि दुर्भाग्य निम्त्याउने ? – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

पोखरेलको प्रश्न प्रचण्डलाई ‘प्रस्ताव फिर्ता लिने कि दुर्भाग्य निम्त्याउने ?


नयाँ बिकल्प,

काठमाडौ – सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बिबाद सतहमा आएको छ ।

कार्यकारी अध्यक्ष दाहालसहित बहुमत सचिवालय सदस्यले बैंठक बोलाउन गरेको आग्रहलाई टार्दै आए पनि शुक्रबार बैठक बोलाउन सहमत ओली पक्षधर नेताहरु दाहालसँग रुष्ट भएका छन् ।

झण्डै एक महिनापछि भएको नेकपा सचिवालय बैंठकमा कार्यकारी अध्यक्ष दाहालसहित पाँच जना सचिवालय सदस्यको तर्फबाट पेश गरिएको प्रस्तावलाई लिएर ओली पक्षधर नेताहरु दाहालका बिरुद्ध सार्वजनिक रुपमा उत्रिएका हुन् ।

शुक्रबार सचिवालयका सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतमसमेतको सहमतिमा अध्यक्ष दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावलाई ओली निकटका सचिवालय सदस्य, नेता र प्रेस सल्लाहकारले समेत दाहालप्रति कटाक्ष गरेका छन् ।

शनिबार साँझ ७ बजे सामाजिक सञ्जाल फेसबुकमा सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलले अर्का अध्यक्ष दाहाललाई त्यस्तो प्रस्ताव फिर्ता गर्न चेतावनी समेत दिएका छन् । पोखरेलले पार्टी एकतालाई बचाउने हो भने प्रस्ताव फिर्ता लिनु पर्ने भनेका छन् ।

‘प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ । ‘प्रस्ताव’का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध छन्’, पोखरलेले भनेका छन् ।

पोखरेलले सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित ‘कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले ति प्रस्ताव आएको भन्दै दुराग्रहका साथ प्रस्तुत ती ‘प्रस्तावहरू’ फिर्ता लिन आग्रह गरेका छन् ।

पोखरेलको प्रस्न छ ‘एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ? प्रचण्ड कमरेडले मात्र होइन , नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ ।’

यसअघि शनिबार दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष दाहालले पार्टी सचिवालयमा पेश गरेको प्रस्तावलाई एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव भनेर टिप्पणी गरेका छन् ।

प्रेस सल्लाहकार थापाले भनेका छन् ‘स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण नै सो प्रस्ताव हो ।’ उनले दाहाल को राजनीतिक प्रस्तावलाई लाञ्छनापत्रको संज्ञा दिँदै दाहालको प्रस्ताव पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन भनेर ठोकुवा गरेका छन् ।

थापाले पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको ठाडो उल्लंघन दाहालले गरेको आरोप लगाउँदै सो. प्रस्ताव फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शुरु नहुने ठोकुवा गरे ।

थापाले दाहालको प्रस्ताव निरर्थक भएको जनाउँदैै सो प्रस्ताव अविलम्ब फिर्ता गर्न भनेका छन् ।
यता, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मां ओली निकट भनेर चिनिएका नेकपाका नेता था प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शनिबार बिहानै ९ बजे फेसबुक स्टाटस लेख्दै कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलले सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको स्वीकार गरेका छन् ।

पोखरेलले प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन अनुरोध गरेका छन् ।

‘व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ । अध्यक्षहरु व्यक्तिगत विचार राख्न स्वतन्त्र छन् । तर औपचारिक प्रस्ताव प्रस्तुत गर्दा दुवै अध्यक्षको सहमती हुने व्यवस्था पार्टी विधान र स्थायी समितिको पछिल्लो निर्णयमा समेत उल्लेख छ ।

गंभीर विवादका वेलामा यस्ता विषयमा झनै संवेदनशील वन्नु पर्दछ’, मुख्यमन्त्री पोखरेलले अध्यक्ष दाहालले सुझाव दिँदै फेसबुकमा भनेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ कार्तिक २९, २३: ३३

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ कार्तिक २९, २३: ३३

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ कार्तिक २९, २३: ३३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...