
नयाँ विकल्प,
काठमाडाैं -प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शनिवार साँझ साढे ५ बजे शितल निवास पुगेका थिए। नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेलामा राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटलाई चाशाेकाे रूपमा हेरिएकाे छ ।
पार्टीभित्र विवाद बढेका बेलामा राष्ट्रपति भण्डारीले पटक पटक चासो राख्दै आएकी छन्। केही दिनअघि उनले उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य रहेका गृहमन्त्री रामबहादुर थापासँग भेट गरेकी थिइन्।
नेकपाभित्रको विवादमा चासो राखेको भन्दै नेकपाभित्र र बाहिर उनको राष्ट्रपति भण्डारीको विरोध हुँदै आएको छ। शनिबार पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच २ घण्टाभन्दा बढी कुराकानी भएको बताइएको छ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे कार्यशैली प्रति असहमति जनाउँदै राजनीतिक प्रस्ताव दर्ता गराएपछिकाे कार्यकारी प्रमख र संवैधानीक प्रमुखकाे भेटलाइ नयाँ कदम चाल्नु अघिकाे भेटघाटकाे रूपमा अर्थ लगाइएकाे छ ।
आफ्नाे सरकार बचाउन ओलीले भविस्यमा चाल्ने कदम राष्ट्रपतिकाे समर्थन आवस्यक पर्छ । साेहि समर्थन लिन र आफुले चाल्ने आगामी कदम बारे परामर्श कै लागि ओली राष्ट्रपति भेटन शितल निवास पुगेकाे विश्लेषण गरिएकाे छ । नेकपा भित्र प्रधानमन्त्री ओली अल्पमतमा परेपछि उनी विरूद्द जुनसुकै वेला राजीनामा माग्न सक्ने गरि असन्तुष्ट पक्षले तयारी गरेकाे छ । शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकल राजनीतिक प्रस्ताव पेश गरेका थिए।
प्रचण्डको प्रतिवेदनमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समर्थन छ ।प्रचण्डको प्रतिवेदनलाई लिएर प्रधानमन्त्री निकट नेताहरू भने आक्रोसित बनेका छन्। प्रधानमन्त्री निकट सचिवालय सदस्य इश्वर पाेखरेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, पृथ्वी सुब्बा गरूड लगायतले सार्वजनिक रुपमै प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने भन्दै याे प्रस्तावकाे सार्वजनीक आलाेचना गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...