राष्ट्रपति बाइडेनको कार्यकालमा अमेरिकामा पहिलाे पटक महिला रक्षामन्त्री बन्दै – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

राष्ट्रपति बाइडेनको कार्यकालमा अमेरिकामा पहिलाे पटक महिला रक्षामन्त्री बन्दै

नयाँ विकल्प,

वासिङटन- संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् ।

रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसक्नु भएकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त लागेकी छन् । बाइडेन निकटका व्यक्तिहरुले बताएका छन् । राजनीतिक रुपमा मध्यमार्गी धारकी भनेर चिनिने मिसेल बाइडेनको पहिलो रोजाईमा रहने बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्याकालमा पाँच जना रक्षामन्त्री फेरिइसकेका छन् । पछिल्लो पटक रक्षामन्त्री मार्क एस्परलाई राष्ट्रपति ट्रम्पले चुनाव सकिएलगत्तै गत सोमबार बर्खास्त गरेका छन् । अहिले उक्त पद रिक्त छ ।

रक्षामन्त्री एस्परले विदेशबाट अमेरिकी सेना फिर्ता गर्ने तथा अमेरिकामा भएका कतिपय विरोध प्रदर्शनमा सेना परिचालन गर्ने विषयमा राष्ट्रपति ट्रम्पसँग विमती राख्दै आएका थिए । डेमोक्रेट पार्टीले विगतदेखि नै मुलुकका रक्षा मन्त्रालय समेतका महत्वपूर्ण पदहरुमा महिलालाई पनि अवसर दिनुपर्ने भन्दै वकालत गरिरहेको छ ।

यसअघि सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिमा विजयी भएको भए मिसेललाई नै रक्षा मन्त्रालयको कार्यभार दिइने चर्चा थियो । अहिले फेरि मिसेलको नाम अग्रस्थानमा छ । उनान्साठी वर्षीया मिसेलले विदेशमा अमेरिकी सैनिक सहयोगलाई अझ सुदृढ गर्नुपर्ने दृष्टिकोण राख्दै आउनु भएको छ ।

उनले सन् २००९ देखि २०१२ सम्म अमेरिकी रक्षा नीतिसम्बन्धी उपमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अमेरिकी सिनेटमा रिपब्लीकन र डेमोक्रेट दुवैले मिसेलको नामलाई सहजै अनुमोदन गर्ने सम्भावना रहेको छ ।

तर कतिपयले गृह विभागका पूर्व प्रमुख जे जोन्सन पनि रक्षामन्त्रीका लागि सम्भावित उम्मेदवार रहेको बताइरहेका छन् । तर बाइडेनले यसअघि चुनावी प्रचारका क्रममा महिलालाई विशेष अवसर र प्राथमिकता दिने बताइरहनु भएकाले पनि मिसेल नै रक्षामन्त्री हुने सम्भावना बढी छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ कार्तिक ३०, १६: ५९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ कार्तिक ३०, १६: ५९

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ कार्तिक ३०, १६: ५९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...