
लहान – वर्षाैदेखि फुसको छाप्रोमा जीवन बिताउँदै आएका सिरहाको कल्याणपुर र कर्जन्हा नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका डुम समुदायका लागि ११६ पक्की घर निर्माण शुरुआत भएको छ ।
सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत कल्याणपुरमा ५८, कर्जन्हामा ३७ र बिष्णुपुरमा ती समुदायका लागि पक्की घर बनाउन लागिएको हो । यसैबर्ष भित्र घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिने योजना रहेको शहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजले जनाएको छ ।
तराई मधेशमा विपन्न जीवन बिताइरहेको, सामाजिक विभेद छुवाछुत तथा चरम आर्थिक सङ्कट खेपिरहेका छन् । पक्की घर निर्माण भएपछि उनीहरुको जीवनमा अर्थपूर्ण परिवर्तन आउने प्रदेशसभा सदस्य दिलीपकुमार साहले जानकारी दिए ।
वर्षाैदेखि ऐलानी जग्गामा सुकुम्बासीको रुपमा बस्दै आएका ती समुदाय पक्की घर पाउने भएपछि औधि खुशी भएका छन् । सिरहामा करिब ४ हजार घरधुरी रहेको डुम समुदाय बाँसको नाङ्गलो, हाते पंखा, ढकिया, कोनिया लगायतका सामग्री बनाएर जिबिकोपार्जन गर्दै आएका छन् । यसबर्ष जनता आवास कार्यक्रम अन्तर्गत ४१० दलित, विपन्न, अल्पसङ्ख्यक समुदायको पक्की घर निर्माण हुने जनाइएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...
काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...