प्रचण्डलाई एक्ल्याउने प्रधानमन्त्री ओलीकाे प्रयास एक पछि अर्काे असफल – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

प्रचण्डलाई एक्ल्याउने प्रधानमन्त्री ओलीकाे प्रयास एक पछि अर्काे असफल


नयाँ विकल्प
काठमाडाैं- सत्तारूढ नेकपाकाे विवाद झनै पेचिलाे बन्दै गएकाे छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाइ एक्ल्याउने प्रयासमा रहेका प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीका प्रयास एक पछि अर्काे असफल बन्दै गएका छन् ।

ओलीकाे कार्यशैलि प्रति असहमति जनाउँदै आएका नेकपा उपध्यक्ष वामदेब गौतमपछि ओलीले आइतबार वरिष्ठ नेता माधव कुमार नेपालसँग छुट्टा छुट्टै छलफल गरेपनि प्रधानमन्त्री ओलीकाे त्याे प्रयास सफल भएन् ।

वरिष्ठ नेता नेपालसँग ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन दवाब दिनुपर्ने गरि छलफल गरेका थिए । नेता नेपाललाइ आफ्नाे पक्षमा लिन ओलीले नेकपाकाे भावी अध्यक्ष तथा प्रधानमन्त्रीकाे अफर समेत गरेका थिए । संकटमा साथ खाेज्ने र पछि विर्सने वानी परेका ओलीकाे उक्त प्रस्तावमा नेपालले खासै वास्ता गरेनन् ।

ओलीकाे कार्यशैलि प्रति वाक्क बनेका वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीकाे कुरा इन्कार मात्र गरेनन् । सचिवालयका बहुमत सदस्यकाे निर्णय कुनैपनि हालतमा कार्यान्वयन गराएरै छाडने भन्दै ओलीलाइ जवाफ पर्काएर बालुवाटारबाट बाहिरीए । प्रधानमन्त्री ओलीले विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेपनि वरिष्ठ नेता नेपालले पार्टी कमिटीबाटै छलफल गरेर निश्कर्ष निकाल्नुपर्ने जवाफ दिएका थिए।

यसअघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेब गौतमसँग पार्टीमा पछिल्लाे समय देखिएका समस्याबारे छलफल गर्दै आफ्नाे पक्षमा समर्थन गर्न आग्रह गरेका थिए । नेता वामदेक गाैतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ समर्थन गर्नु पुर्व तपाईं सच्चिन जरुरी छ भन्दै जवाफ फर्काए । ओलीले नेता वामदेव गाैतमलाइ आफ्नाे समर्थन गरे जुनसुकै मन्त्रालयकाे जिम्मा दिने आश्वासन समतेत दिए तर उनिसंग पटक पटक धाेखा खाएका गाैतमले ओलीकाे त्याे प्रस्ताव तत्काल स्विकार गरेनन् ।

आफूले पार्टीको निर्णयबाट मात्रै सरकारमा जिम्मेवारी लिने, व्यक्ति विशेषले चाहँदैमा नहुने भन्दै गाैतमले ओलीलाइ जवाफ दिएका थिए। शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रधानमन्त्री ओली पक्षधर नेताहरुले प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने बताउँदै आएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले गौतमसँग बिहान १ घण्टा भन्दा बढी समय भएकाे छलफल महासचिव विष्णु पौडेललाइ साक्षी राखेर ओलीले अहिलेको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भनेर गौतमसँग सुझाव मागेका थिए। जवाफमा गाैतमले सबैभन्दा पहिला तपाइ सच्चिनुस र विवादका विषय पार्टीका कमिटीमा छलफल गराै भन्दै जवाफ फर्काएका थिए ।

आफ्ना सहअध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे कार्यशैलि प्रति असहमती जनाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले गत शुक्रबार प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेको गरेका थिए । प्रचण्डकाे उक्त प्रस्तावमाथी सचिवालयका बहुमत सदस्यकहरू नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेब गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत समर्थन रहेको छ।

उक्त प्रतिवेदनमा प्रधानमन्त्रीले सरकार र पार्टीलाई सही दिशा दिन नसकेको सरकार पूर्णत असफल बन्दै गएकाे , निरंकुस शैलिमा पार्टी र सरकार सञ्चालन गरेकाे लगाएका विमती राखिएकाे छ ।

सम्बन्धित समाचार

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७७ मंसिर १, ०९: ११

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ मंसिर १, ०९: ११

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ मंसिर १, ०९: ११

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...