डाेटीमा दर्ता भएका बलत्कारका घटना अधिकांश बनावटी – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

डाेटीमा दर्ता भएका बलत्कारका घटना अधिकांश बनावटी

 

सिलगढी- जिल्लामा पछिल्लो चार महिनाको आवधिमा कुल ११ जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । पछिल्लो समय जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता हुने क्रम बढे पनि अधिकांश मुद्दा सहमतिमा शारीरिक सम्बन्धसम्म हुने तथा पछि गएर जबरजस्ती करणीमा परिणत हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाले दिएको जानकारी अनुसार यो आर्थिक वर्षको साउन महिनादेखि हालसम्म कुल ११ जबरजस्ती करणीका जाहेरी मुद्दा दर्ता भएका छन् । तीमध्ये चार÷पाँच मुद्दाका घटना सहमतीमा सबै काम भएका तर पछि जबरजस्ती करणीमा परिणत भएका छन् ।
गत वर्ष जिल्लामा कम्तिमा पनि छ वटा यस्तै प्रकृतिका मुद्दा दर्ता भएका पाइएको छ । पछिल्लो समय जबरजस्ती करणीका घटना बढी नै आउने गरेका भए पनि केही मुद्दा कुरा नमिल्दा जबरजस्ती करणी मुद्दा दर्ताका लागि आउने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए ।
सानै उमेरमा प्रेम गर्ने र त्यो सम्बन्ध पछि गएर शारीरिक सम्बन्धको तहमा पुग्ने गरेका कारण पनि जबरजस्ती करणीका घटनासम्म पुग्ने गरेको प्रहरीको बुझाइ छ । जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएका जबरजस्ती करणीका कयौँ मुद्धामा युवायुवतीबीच आपसी लेनदेनको कुरा नमिलेर पनि मद्धा दर्ता गर्नुपर्ने समस्या आउने गरेको प्रहरीको ठम्याइ छ ।
यहाँका घटनामा युवा र युवतीबीच विभिन्न शर्तमा रही शारीरिक सम्बन्ध स्थापित हुने र बिस्तारै युवकले भने अनुसारको शर्त पुरा नगरेमा युवतीले आफुमाथि बलात्कार गरेको आरोप लगाउने गरेका घटना पनि देखिन थालेको जोरायल गाउँपालिका–४ का बासिन्दा चित्रराज भट्टले बताए।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रदेश भरमा आर्थिक लेनदेन वा अन्य स्वार्थ पुरा नहुँदा बलात्कारका घटनालाई अवास्तविक रुपमा ‘ट्वीस्ट’ गरेर जाहेरी दिने गरेको पाइएको बताए ।
१८ वर्ष भन्दा मुनिका किशोरीसँग सहमतिमै शारीरिक सम्बन्ध भएको भए पनि कानूनअनुसार त्यो बलात्कार नै हुने हुँदा त्यस्ता मुद्दामा कानूनअनुसार अनुसन्धान गर्न सबै मातहतका प्रहरी निकायमा दिर्नेशन दिइएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ मंसिर १, २०: ०१

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ मंसिर १, २०: ०१

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ मंसिर १, २०: ०१

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...