प्रचण्डलाई फकाउन केपी ओलीका ‘दूत’ पौडेल खुमलटारमा ! – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

प्रचण्डलाई फकाउन केपी ओलीका ‘दूत’ पौडेल खुमलटारमा !


नयाँ विकल्प
काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड लाइ भेटन महासचिव विष्णु पौडेल प्रचण्ड निवास खुमलटारमा पुगेका छन् । गत २७ गते बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेकाे राजनीतिक प्रतिवेदन पछि नेकपा विवाद वार कि पारकाे अवस्थामा पुगेकाे छ ।

यसै विचमा महासचिव विष्णु पाैंडेल प्रधानमन्त्री केपी ओलीका दूतका रूपमा प्रचण्डलाइ भेटन उनकै निवासमा पुगेका हुन् । प्रचण्ड निवास खुमलटारमा पुगेका पाैडेलले प्रचण्ड संगकाे कुराकानीमा पार्टीभित्रको गतिरोध अन्त्यबारे कुराकानी गरेका थिए । पछिल्ला घटनाक्रम हेर्दा नेकपा विवाद पार्टी फुट नजिक पुगेकाे विश्लेषण गर्न थालिएकाे छ ।

यसै विचमा प्रधानमन्त्री ओलीकाे विश्वासपात्र पाैंडेल प्रचण्डलाइ भेटन पुग्नुकाे पछाडि खास कारण हुन सक्ने आंकलन गरिएकाे छ । प्रचण्डले सचिवालय बैठकमा पेश गरेका प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओली पक्षधर नेताहरूले फिर्ता लिनुपर्ने बताउँदै आएका छन्।

प्रधानमन्त्री निकट सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले सार्वजनिक रूपमै प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका छन्।प्रधानमन्त्रीनिकट अन्य नेताहरूले पनि प्रचण्डको प्रतिवेदनले एकै ठाउँमा बस्न सक्ने खालको नरहेको समेत टिप्पणी गरेका छन्।

प्रचण्डले प्रतिवेदन फिर्ता नलिए मंसिर ३ को सचिवालय बैठक समेत प्रभावित हुन सक्ने बताइएको छ। दुइ अध्यक्ष विचकाे शक्ति समिकरणकाे टकरावले नेकपा जुन सुकै बेला दुर्घटनामा पर्न सक्ने भन्दै पछिल्लाे राजनीतिक तरंगित भएकाे छ । दुवै नेता पछिल्लाे समय टस न मसकाे अवस्थमा पुगेकाले नेकपा फुटने अडकलबाजी गरिरहेका राजनीतिक पण्डितलाइ थप उत्साहित बनाएकाे छ ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ मंसिर २, १३: ३४

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ मंसिर २, १३: ३४

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ मंसिर २, १३: ३४

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...