त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३५० क्षमताकाे सुरक्षा आवास गृह निर्माण – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३५० क्षमताकाे सुरक्षा आवास गृह निर्माण

नयाँ विकल्प

काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ । विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित भवनको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै युनिट गठन गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल चलिरहेको बताए ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार कूल रु ७ करोड १५ लाख १७ हजार लागतमा भवन निर्माण गरिएको हो । विमानस्थल कार्यालयअन्तर्गतको इञ्जिनीयरिङ महाशाखाले निर्माण गरेको सो भवन २०७५ असोज ६ गते सम्झौता भई २०७७ असोज ६ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।

कोरोना महामारीका कारण दुई महिना समय थप गरी निर्माण सम्पन्न गरिएको हो । दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको तीन तले सो भवनमा ३५० व्यक्तिका लागि आवास सुविधा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ मंसिर २, १७: ३९

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ मंसिर २, १७: ३९

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ मंसिर २, १७: ३९

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...