नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सकियो – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सकियो

नयाँ विकल्प

काठमाडाैं- प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ ।

नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कूल परम्परा रहेकाले सो समूहका दाजुभाइले आज दिदीबहिनीबाट टीका लगाएका हुन् । नेवार समुदायका केही समूहका दिदीबहिनी र दाजुभाइले श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी दिदीबहिनी एवं दाजुभाइ नहुनेले भाइटीकाका अवसरमा दर्शन गर्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज पनि बिहानदेखि नै खुला छ ।

यमपञ्चक भने सोमबार नै सकिएको हो । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणपछि तिहारमा पहिलो पटक खुलेको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका अवसरमा मात्र खुल्छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

पाँच वर्षपछि खुलेको बालगोपालेश्वरमा आज पनि भक्तजनको भीड लागेको छ । यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा गोविन्द टण्डनले बताए ।

भाइटीकाका अवसरमा आज पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सोमबारदेखि नेपाल संवत्अनुसारको नयाँ वर्ष ११४१ पनि शुरु भएको छ । एक हजार १४१ वर्षअघि शङ्खधर साख्वाले नेपाल संवत्को शुरुआत गरेका थिए । रासस

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ मंसिर २, १७: ५३

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ मंसिर २, १७: ५३

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ मंसिर २, १७: ५३

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...