नेकपाकाे नियतिः संगै बसे मारामार-छुट्टिए ‘सत्यानास’ ! – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेकपाकाे नियतिः संगै बसे मारामार-छुट्टिए ‘सत्यानास’ !


नयाँ विकल्प,


काठमाडाैं- नेकपा विवादकाे गाठाे कसिदै गइरहेकाे बेला भाेली बुधबार बस्ने भनिएकाे सचिवालय बैठक अनिश्चित बनेकाे छ । पार्टी भित्र विवाद चुलिएकाे बेला तय भएकाे बैठकमा अप्रिय निर्णय हुनसक्ने भएकाले प्रधानमन्त्री ओलीलाई निकट नेताहरूले बैठक स्थगित गर्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाइ सुझाव दिएका छन् ।

ओलीलाई उनीनिकट नेताहरूले बुधबारको सचिवालय बैठक सार्न सुझाव दिएकाे स्राेतले दावी गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीमा देखिएकाे समस्याबारे छलफल गर्न र भावी रणनीति तय गर्न ओलीनिकट नेताहरू जमघट गरेका थिए ।

साे भेटघाटमा प्रधानन्त्री ओलीलाइ नेताहरूले बैठक सार्न सुझाव दिएका हुन्। यस्ताे सुझाव दिने नेकपा नेताहरूमा सचिवालय सदस्य ईश्वर पोखरेल,पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल,स्थायी समिति सदस्य सुवास नेम्वाङ, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली,गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य पृथ्वी सुब्बा गुरुङलगायत रहेकाे स्राेतले दाबी गरेकाे छ । प्रधानमन्त्रीलाइ सुझाव दिने नेताहरूले दुइ अध्यक्ष विचकाे मतभेद र टकराव उत्कर्षमा रहेका बेला बैठक बस्दा वाताबरण झन विग्रिन सक्ने भएकाले बैठक सार्नु उचित हुने सुझाब दिएका थिए ।

प्रधानमन्त्री ओलीले आवस्यक छलफल र परामर्शबाट निर्णय लिने जवाफ दिएकाे छलफलमा उपस्थित एक नेताले बताए । पार्टीमा देखिएकाे विवाद समाधानकालागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाइ भेटन महासचिव विष्णु पौडेललाइ खुमलटार पठाएका थिए । महासचिव विष्णु पाैंडेल प्रधानमन्त्री केपी ओलीका दूतका रूपमा प्रचण्डलाइ भेटन उनकै निवासमा पुगेकाे बताइएकाे छ ।

गत २७ गते बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेकाे राजनीतिक प्रतिवेदन पछि नेकपा विवाद वार कि पारकाे अवस्थामा पुगेकाे छ । यसै विचमा प्रचण्डले सचिवालय बैठकमा पेश गरेका प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओली पक्षधर नेताहरू कार्यकारी अध्यक्षमाथी आराेप प्रत्याराेमै उत्रिएका छन् ।

प्रधानमन्त्री निकट सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी समिति शंकर पोखरेल, केन्द्रीय सदस्य गाेकुल बास्काेटा, सूर्य थापा लगायतले प्रचण्डले प्रतिवेदन फिर्ता नलिएसम्म उनलाइ पार्टीबाटै बहिस्कार गर्नु पर्ने आशयकाे अभिब्यक्ति निरन्तर दिइरहेका छन् ।
प्रधानमन्त्रीनिकट अन्य नेताहरूले पनि प्रचण्डको प्रतिवेदनले एकै ठाउँमा बस्न सक्ने खालको नरहेको समेत टिप्पणी गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रचण्डलाइ जसरी पनि कमजाेर पार्ने र एक्ल्याउने रणनीति लिएरहेकाे अवस्थामा उनी निकट नेताहरूले प्रचण्डमाथी निरन्तर प्रहार गरिरहेकाे अवस्थामा दुइ असष्तुष्ट पक्षहरू अव एकै ठाँउमा बस्नै नसक्ने अवस्थामा पुगेकाे विष्लेषण हुन थालेकाे छ ।यसै विच ओली निकट नेताहरूले प्रचण्डले सचिवालयका बहुमत सदस्यकाे सहमतिमा पेश गरेकाे राजनीतिक प्रस्ताव फिर्ता नलिए मंसिर ३ अर्थात भाेलिकालागि तय भएकाे सचिवालय बैठक कुनै हालतमा पनि स्थगन गर्नुपर्ने बताइरहेका छन् ।

दुइ अध्यक्ष विचकाे शक्ति समिकरणकाे टकरावले नेकपा जुन सुकै बेला दुर्घटनामा पर्न सक्ने भन्दै पछिल्लाे राजनीतिक तरंगित भएकाे छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ मंसिर २, १८: ३८

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ मंसिर २, १८: ३८

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ मंसिर २, १८: ३८

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...