बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी

नयाँ विकल्प

दशरथचन्द- बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्ष मकै १९ हजार ७६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। जिल्लाको १२ हजार ३०० हेक्टर क्षेत्रफलमा मकै खेती गरिन्छ । यस्तै यस वर्ष धानबाली उत्पादनमा पनि वृद्धि भएको छ ।

गत वर्ष १७ हजार १९० मेट्रिक टन उत्पादन भएको धान यो वर्ष बढेर १८ हजार ४९ मेट्रिक टन पुगेको छ । । बैतडीको नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । जिल्लाको सबैजसो ठाउँमा मकैखेती गरिन्छ भने पाटन, हाट, सलेना, सूर्नयालाई धानखेतीको पकेट क्षेत्रका रूपमा चिनिन्छ ।

यो वर्ष किसानले उन्नत जातको बिउको प्रयोग गरेकाले खाद्यबाली उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । योभन्दा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको भए पनि जङ्गली जनावरका कारण केही कम उत्पादन भएको बताइएको छ । दलहन उत्पादनमा कमी बैतडीमा यो वर्ष दलहन उत्पादनमा कमी आएको छ ।

खास गरेर भटमास र मासको उत्पादनमा कमी आएको हो । यो वर्ष भटमास एक हजार ३६५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । गत वर्ष भटमास एक हजार ४३३ मेट्रिक टन उत्पादन भएको थियो । बैतडीको एक हजार ३६५ हेक्टर क्षेत्रफलमा भटमास खेती गरिँदै आएको ज्ञान केन्दका निमित्त प्रमुख चन्दले जानकारी दिए ।

यस्तै यो वर्ष ३१९ मेट्रिक टन मास उत्पादन भएका छन् । गत वर्ष ३५२ मेट्रिक टन मास उत्पादन भएको थियो । जिल्लाको ४१० हेक्टर क्षेत्रफमा मास खेती गरिन्छ । यो वर्ष बढी वर्षा भएकाले दलहन उत्पादनमा कमी आएको निमित्त प्रमुख चन्दले बताए। उनले भने“दलहन खेती गर्नका लागि चाहिनेभन्दा बढी वर्षा बढी भएकाले कम फलेको देखिन्छ ।” रासस

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ मंसिर ४, ०९: ०२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ मंसिर ४, ०९: ०२

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ मंसिर ४, ०९: ०२

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...