
नयाँ विकल्प
काठमाडाैं- निकिशा श्रेष्ठमाथि दुर्व्यहारमा गर्ने र भिडिओ अपलोड गर्ने तीनै जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, भक्तपुरले निकिशामाथि दुर्व्यवहार गर्ने तीनै जनालाई बिहीबार पक्राउ गरेको हो। प्रहरीले भक्तपुर महानगरपालिका-५ टौमढीका १७ वर्षीय विशेष जोशीलाई बिहान पक्राउ गरेको थियो। अन्य दुई जना किशोरलाई पनि दिउँसो पक्राउ गरेको परिसरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
वडा नम्बर १ भारबा चोकका १९ वर्षीय सफिल खत्री र १६ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले ती किशोरको उमेर कम भएको हुँदा परिचय खुलाएको छैन। प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सफिल खत्रीले बाइक चलाएका थिए। ‘सफिल खत्रीले बाइक चलाएका रहेछन्। पछाडि बस्ने ती किशोरले अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेका रहेछन्,’उनले भने। उनीहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए।
‘पीडितले दिएको जाहेरीअनुसार र सरकारी वकिलको सुझाव अनुसार हामीले अनुसन्धान र कारबाहीको प्रकृया अगाडि बढाउँछौं,’ उनले भने। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ। निकिशामाथि भक्तपुरको वडा नम्बर एकमा सफिल खत्रीलगायतले अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेका थिए। दुर्व्यवहार गरेको भिडिओ भाइरल बनेपछि चर्को विरोध भएको थियो।
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...