रक्षामन्त्रालयबाट लखेटिएका पाेखरेलकाे प्रहरीमा वितण्डा ! – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
गृहमन्त्रीकाे हैसियत माथी प्रश्न !

रक्षामन्त्रालयबाट लखेटिएका पाेखरेलकाे प्रहरीमा वितण्डा !


नयाँ विकल्प,
काठमाडाैं-एउटा प्रश्न अहिलेसम्म अनुत्तरित नै छ । दुइतिहाइ सरकारका प्रधानमन्त्री केपी ओलीकाे सबैभन्दा विश्वासपात्र सरकारका दाेस्राे वरियताक्रममा समेत रहेका, उपप्रधानमन्त्री इश्वर पाेखरेल एकाएक रक्षामन्त्रालयबाट किन लखेटिए ? किन घटुवामा परे ? याे विषयमा अनेकाै अटकलबाजी गरिदै ,आएकाे छ ।

तर यसकाे पछाडि ठ्लाे काण्ड मच्चिएकाे स्राेतकाे दाबी छ । उच्च स्राेतका अनुसार रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री पाेखरेल नेपाली सेनाकाे मेसीनरी समान खरिद अनियमितताकाे स-प्रमाण प्रधानमन्त्री ओलीकाे हातमा पुगेपछि पाेखरेलले रक्षामन्त्रालयबाट हात धुनुपरेकाे थियाे ।

याे त उनकाे पछिल्लाे काण्ड थियाे, त्यसअघि तिनै उपप्रधानमन्त्री र प्रधानमन्त्री ओली नजिकका पाेखरेल ओम्नी र सिसिएमसी घाेटालमा फसे । तर उनी नेकपा भित्रकाे राजनीतिक जाेडघटाउका कारण जाेगिएका छन् । तर पछिल्लाे पटक पाेखरेलले गरेकाे घाेटालकाे सप्रमाण प्रधानमन्त्रीकाे हातमा अनियमितताकाे फाइल पुगेपछि उनी जाेगिएनन् । रक्षाबाट त्यै कारण पाेखरेल लखेटिए, उनकाे भुमिका यतिवेला प्रधानमन्त्रीकाे स्वकिय सचिव भन्दा माथी छैन् ।

स्राेतका अनुसार उपप्रधान तथा रक्षामन्त्री पाेखरेल नेपाली सेनाकाे गाेली गठ्ठा तयार गरिने सुन्दरीजल आर्शनलमा काेरियन कम्पनीकाे मेसीन खरिदमा १५ कराेड भ्रष्टचारकाे फाइल प्रधानमन्त्रीकाे हातमा पुगेकाे छ । साेहि प्रकणमा मुछिएपछि उनी रक्षाबाट तानिएर विनाविभागीयमा सिमित बनेका छन् ।


देशमा कानुनी राज्य हुन्थ्याे भने यतिवेला इश्वर पाेखरेल कानुनी दायरामा हुन्थे र प्रहरी प्रशासन उनीमाथी अनुसन्धान गरिरहेकाे हुन्थ्याे । तर विडमबना रक्षाबाट लखेटिएका पाेखरेल यतिवेला त्यहि अनुसन्धन गर्ने निकाय नेपाल प्रहरीमा कब्जा जमाउँदै छन् । गृहमन्त्रीकाे जिम्मेवारी सम्हालेका रामबहादुर थापा निरिह छन ।

गत साेमबार बसेकाे मन्त्री परिषद्ले नेपाल प्रहरीमा ५ डिआइजी र एक एआइजीकाे दरबन्दी थप गर्ने निर्णय गर्याे । गृहमन्त्रालयले ५ डिआइजीमात्र थप्ने प्रस्ताव सहितकाे संगठनात्मक स्वरुप निर्धारण (ओएनएम) मन्त्री परिषद्मा पठाएकाे थियाे ।

तर मन्त्रिपरिषद्ले १ एआइजी समेत थपेकाे निर्णय गर्याे । गृहमन्त्रालय र स्वयं प्रहरी मुख्यालय यतिवेला आचर्यमा छ । विना ओएनएम र विना छलफल र जानकारी विना एआइजीकाे दरबन्दी कसरी थपियाे ?
सुरक्षा स्राेतका अनुसार गृहमन्त्रालय र प्रहरी मुख्यालयकाे प्रस्ताव विपरित एआइजी थप्ने प्रस्ताव तिनै रक्षामन्त्रालयबाट लखेटिएका विना विभागीय हैसियतमा रहेका उपप्रधानमन्त्री इश्वर पाेखरेलकाे डिजाइनमा मन्त्रीपरिषद्ले निर्णय गरेकाे हाे ।

गृहमन्त्री थापा आफुलाइ जानकारीनै नभएकाे विषयमा आएकाे प्रस्ताव विरूद्द मन्त्रिपरिषद्मा विराेध सम्म गर्न सकेनन् ।

गृहमन्त्रालयले तयार पारेकाे ओएनएम विपरित दरबन्दी थपकाे साे निर्णय एकाएक पारित गरिएकाे छ । निकै चलाखी पूर्ण रूपमा गरिएकाे याे निर्णयका पछाडि तिनै रक्षाबाट हटाइएका पाेखरेलले आफु निकट एक डिआइजीलाइ एआइजीमा बढुवा गर्ने षडयन्त्र लुकेकाे छ । याे विषय स्वयं प्रधानमन्त्रीलाइ समेत गुमराहमा राखिएकाे बताइएकाे छ । रक्षाबाट लखेटिएपछि प्रधानमन्त्री निवास बालुवाटामा सिमित रहेका पाेखरेल गृहमन्त्रालयकाे क्षेत्रधिकारमा समेत कैचि चलाएकाे भन्दै चाैतर्फि विराेध भैरहेकाे छ ।

आफ्नै निर्णय विपरित प्रधानमन्त्रीकाे निर्णय !


गत चैत २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा बसेकाे मन्त्रिपरिषद् बैटकले नेपाल प्रहरीमा प्रशासनतर्फ रहेकाे २६ डिआइजी पद घटाएर एकाएक १४मा झार्याे । विना आधार दरबन्दी घटाउँदा बढुवाकाे राेल क्रममा रहेका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका एसएसपी गणेश ऐर पुरुषोत्तम कँडेल, १०१ ब्याचका दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह पछाडि पारिए ।

संगठनमा उपल्लाे दरबन्दी कटाैति गर्दा संगठनमा चरम निराशा छायाे । प्रधानमन्त्री केपी ओलीकाे एकल हठका कारण घटाएकाे दरबन्दी ६ महिनामा उल्टियाे । यसकाे पछाडि आफु निकटलाइ बढुवा गर्ने र कतिपय अब्बल प्रहरी अधिकारीलाइ पाखा लगाउने मनशाय रहेकाे स्पष्ट देखिन्छ ।

उपप्रधानमन्त्री इश्वर पाेखरेले आफु निकट डिआइजी विश्वराज पाेखेललाइ एआइजीमा बढुवा गर्ने र २९ औं आइजीपीमा नियुक्त गर्ने उदेश्य रहेकाे स्राेतकाे दावी छ । तर पाेखरेलका सहब्याचि डिआइजीहरू धिरजप्रताप सिंह, शहकुल थापा, बसन्त लामा, उत्तम सुबेदी रविन्द्र धानुक समेत एआइजीकाे प्रतिस्पर्धी रहेकाेले पाेखरेलकाे एकल नियुक्ति त्यति सजिलाे भने देखिदै

डीआईजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरज शाही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि तीन वटा डीआईजीका पद खाली छ थपिएकाे ५ डिअाइजीमा आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिष्पर्धामा छन् ।

त्यस्तै, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको आकांक्षी हुन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ मंसिर ५, १०: २१

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ मंसिर ५, १०: २१

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ मंसिर ५, १०: २१

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...