सशस्त्र प्रहरीद्वारा स्टाफ तालिम सञ्चालन – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

सशस्त्र प्रहरीद्वारा स्टाफ तालिम सञ्चालन


नयाँ विकल्प

काठमाडौं- राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सि.सं. ५ गणपति तालिम र सि.सं.२५ गुल्मपति तथा स्टाफ तालिम संचालन भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले मंसीर ७ गते सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उक्त दुवै तालिमको उद्घाटन गरे ।


सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्नुकासाथै व्यक्तित्व बिकासमा समेत सघाउ पुर्याउने उल्लेख गरेका छन् ।

उनले प्रशिक्षार्थी अधिकृतहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रहि लामो अनुभव प्राप्त गरिसकेको चर्चा गर्दै प्रशिक्षार्थीहरुले तालिमलाई विशेष मौकाको रुपमा सदुपयोग गर्दै अझ बढि अध्ययनशिल र मेहनती भई फौजी अनुशासन कायम राख्दै स्वःस्फूर्त रुपमा तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयत्नशिल रहने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले प्रशिक्षणको दौरानमा आर्जन हुने ज्ञान, कला र कौशलको उपयोग गर्दै सशस्त्र प्रहरी अधिकृतहरुले भोलिका दिनहरुमा कार्यक्षेत्रमा आईपर्ने विविध चुनौतीहरुलाई परास्त गर्दै आत्म विश्वासका साथ जिम्मेवारी निर्वाहमा सफलता प्राप्त गर्न यस्ता तालिमले सघाउ पुर्याउने बताए ।

उनले प्रशिक्षार्थी अधिकृतहरुले आफ्नो ज्ञानको दायरालाई बृद्धि तथा त्यसलाई निखारता प्रदान गर्न स्वअध्ययनलाई जीवन पद्धती बनाउँदै अगाडी बढ्नुपर्ने चर्चा गर्दै आगामी दिनहरुमा विभिन्न सांगठानीक नियुक्तिहरुमा खरो उत्रनका लागि तालिमबाट प्राप्त शैद्धान्तिक तथा व्यावहारिक ज्ञान सहयोगि सिद्ध रहने बताए ।


दुई महिना अवधिको गणपति तालिममा कूल २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा कूल ३६ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।

उक्त तालिमहरुमा विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ मंसिर ७, १७: २५

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७७ मंसिर ७, १७: २५

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७७ मंसिर ७, १७: २५

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...