
नयाँ विकल्प,
काठमाडाैं–
नेपाल आयल निगमले सूदुरपश्चिम प्रदेशमा कम्तीमा ९० दिनको लागि ईन्धन भण्डार गर्न मिल्ने गरी पेट्रोलियम पदार्थ भण्डारण डिपो निर्माण गर्ने भएको छ ।
निगमको सूदुरपश्चिम प्रादेशिक कार्यालयले कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं ८ स्याउले स्थिति शिवशक्ति महिला सामुदायकि बनको मातहतमा रहेको करीव ३० विघा जमिनमा सो डिपो निर्माण गर्न प्रक्रिया अघि बढाएको हो ।
सामुदायिक बनको सो जग्गा प्राप्त गर्न प्रारम्भिक पक्रिया शुरु भएपछि आइतबार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट, निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, निगमका सूदुरपश्चिम प्रादेशीक कार्यालयका प्रमुख चित्तरंजन दासले स्थलगत अनुगमन गरेका छन् ।

सामूदायिक बनको सो जमिनको स्थालगत अध्ययन गर्न निगमका कर्मचारी, स्थानीय जनप्रतिनिधि, शिवशक्ति महिला सामूदाययिक बनका अध्यक्ष हिरा शाही लगायतको टोलीले कैलालीको गोदाबरी पुगेको थियो ।
निगमको सूदुरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रादेशीक प्रमुख चित्तरंजन दासका अनुसार सूदुरपश्चिम कार्यलयसँग न्युन मात्रामा भण्डारण क्षमता रहेको र पेट्रोलियम पदार्थको बढ्दो मागलाई धान्न सक्ने गरी यस डिपोको क्षमता बिस्तार आवश्यक भएको मन्त्री भट्ट र निगमका कार्यकारी निर्देशक पौडेललाई जनाएका थिए ।

स्थलगत अनुगमन र अध्ययनका लागि आएको मन्त्री नेतृत्वको टोलीसमक्ष निगमका सूदुरपश्चिम कार्यालय प्रमुख दासले गोदाबरीको स्यालेस्थित महिला सामुदायिक बनको जग्गा स्थल उपयुक्त देखिएकोले पेट्रोलियम पदार्थ जस्तो अतिआवश्यक बस्तुको व्यवस्थापनमा सहज हुने बताएका थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...
काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...