
नयाँ विकल्प,
काठमाडाैं-नेकपा बैठक यहि मंसिर १३ गते बस्दैछ। उक्त बैठकमा ओलीले प्रचण्डको आरोपको जवाफ दिने तयारी गरेका छन्। ओलीनिकट नेताहरूले पार्टी एकताभन्दा पहिलाको अवस्थामा पुगेको भन्दै त्यसको समीक्षा गर्नुपर्ने पक्षमा पुगेको बताएका छन् ।
नेकपा शून्यको अवस्थामा पुगेको छ। पार्टी एकता हुनुपहिले नेकपा एमाले र माओवादी केन्द्रको स्थिति बनेको छ नेकपाभित्र विवाद बढ्दै जादा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवादहिनता बढेको छ। गत कात्तिक २५ गते दुई अध्यक्षबीच भेटघाट भएको थियो। त्यसयता दुइटा सचिवालय बैठक बसेका छन्। तर उनीहरूबीच ‘वान टु वान’ कुराकानी भएको छैन।
यसअघि अधिकांश सचिवालय बैठक बस्नु पहिलेसमेत दुई अध्यक्षबीच भेटघाट हुन्थ्यो। कात्तिक २८ को बैठकमा एकतर्फी रूपमा प्रतिवेदन पेश गरेको भन्दै प्रधानमन्त्री ओली र उनी पक्षधर नेताहरू प्रचण्डसँग आक्रोशित छन्। उनीहरूले प्रचण्डले राखेको प्रस्तावलाई आरोप-पत्रको संज्ञा समेत दिएका छन्। मंसिर ३ को बैठकमा ओलीले दस दिन समय मागेका थिए।
पार्टी एकता र कार्यकारी अध्यक्षबारे समेत समीक्षा गर्नुपर्ने लगायत विषयमा प्रधानमन्त्रीको प्रस्ताव आउन अपेक्षा ओली पक्षकाे छ । ओली र प्रचण्डबीच संवादहिनता भएका बेला समेत ओलीनिकट नेताहरूले प्रचण्डलाई भेट्ने गरेका थिए। यसपटक भने प्रचण्डले ओली पक्षधर नेताहरूलाई एक दिन मात्रै धुम्बाराहीमा भेटेका छन्।
शुक्रबार अध्यक्षले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई छुट्टाछुट्टै भेट गरे । धुम्बाराहीमा भएको त्यो भेटबाहेक ओली पक्षी अन्य नेतासँग भेट नभएको स्राेतकाे दाबी छ । प्रधानमन्त्री ओली पक्ष प्रस्ताव फिर्ता होस् भन्ने चाहेका छन् । प्रचण्डले फिर्ता लिने सम्भावनै छैन। प्रचण्ड भने प्रधानमन्त्रीको प्रस्ताव कस्तो आउँछ भनेर पर्खर र हेरकाे अवस्तामा छन् ।
गत शुक्रबार महासचिव पौडेलले प्रचण्डसँग प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। पौडेलले प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव बनाउन गरेको आग्रह प्रचण्डले अस्वीकार गरेका थिए। मध्यमार्गी भूमिका खेलिरहेका पूर्व माओवादी पक्षधर नेतासँग पनि आफूले प्रस्ताव फिर्ता नलिने प्रचण्डले स्पष्ट पारेका छन्।
आफूलाई भेट्न खुमलटार पुगेका स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग प्रचण्डले ‘प्रधानमन्त्रीले ल्याउने प्रस्तावले पार्टीमा छलफलको वातावरण विकास गर्ने’ बताएका थिए। भेटमा प्रचण्डले आफू पार्टी एकताकै पक्षमा रहेको भएपनि ओलीकाे हठका कारण त्याे संभावना न्यून हुँदै गएकाे बताएका थिए । ‘
‘म एकताकै पक्षमा हो तर मैले मात्रै हल गरेर हुने कुरा भएन ‘ साे भेटमा प्रचण्डले बताएकाे स्राेतकाे दावी छ । प्रचण्डले आफ्ना कारणले समस्या पैदा नभएको भन्दै प्रधानमन्त्री सच्चिन जरुरी रहेको बताएका थिए। उता प्रधानमन्त्री पनि मैले काम गर्ने वातावरण रहेन, घेराबन्दी भयो, सहज रूपले काम गर्ने वातावरण भएन भन्दै सबै दाेष प्रचण्डमाथी थाेपर्ने गरेका छन् ।
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...