चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुकाे तस्करी बढेपछि नेपाली सेनाले सुरू गर्याे स्वीप अपरेसन – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुकाे तस्करी बढेपछि नेपाली सेनाले सुरू गर्याे स्वीप अपरेसन

नयाँ विकल्प

काठमाडाैं- चितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान (स्वीप अपरेसन) सञ्चालन गरिएको छ।

नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरी (स्वीप अपरेसन) विशेष अभियान तीव्र पारेको हो । विशेषगरी बर्सात सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाको बटुक दल गणले विगत एक महिना अगाडिबाट शुरु गरेको विशेष अभियानलाई तीव्र पारेको छ ।

निकुञ्जलाई विभिन्न क्षेत्रमा विभाजन गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल र नेपाली सेनाको बटुक दल गणका गणपति अरुण श्रेष्ठसहित सोही क्षेत्रका गुल्मपति र निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्तीसहित स्वीप अपरेसन अझै एक महिना जारी रहने नेपाली सेनाको बटुक दल गणका गणपति श्रेष्ठले जानकारी दिए ।

विगतका वर्षमा अधिकांश चोरी शिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । अधिकृत बरालले भने, “विगतका वर्षहरुमा यसै मौसममा चोरी शिकारीका घटना बढी हुने तथ्याङ्क छ, त्यसकारण चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गणले सुरक्षा गस्तीलाई बढाउनुका साथै सुरक्षाका रणनीति परिवर्तन गरी विभिन्न विशेष अपरेसन कारवाही सञ्चालन गरेका छौँ ।”

निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्ने गरी अभियान सञ्चालन गरिएको छ । बर्सातको समयमा वन्यजन्तु मरेर कुहिएको भए पनि थाहा लाग्ने र बाह्य व्यक्तिको प्रवेश भए जानकारी हुने भएकाले अभियान प्रभावकारी हुने संरक्षण अधिकृत बरालको भनाइ छ ।

निकुञ्ज र सेनाले पछिल्लो समयमा स्थानीयवासीले नै संरक्षण संवेदनशीलता नबुझ्दा समस्या आएको भन्दै कोर इलाका प्रवेश नगर्न निर्देशन पनि गरेको छ । संरक्षणका काम कारवाहीमा पछिल्लो समयमा राजनीतिक दबाबले समेत प्रभाव पारेको भन्दै सबै संरक्षणको भावलाई थप जागरुक गर्न संरक्षणमा खलल पुर्याउने जोकोहीलाई पनि निरुत्साहित गर्न संरक्षणकर्मीले माग पनि गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा भएको गैँडाको चोरी शिकारीका कारण सुरक्षा चुनौती बढेसँगै नियमित गस्तीहरु बढाउनुका साथै विशेष सैनिक कारवाही सञ्चालनमा ल्याएको छ । संवेदनशील क्षेत्रमा प्रविधिजन्य उपकरण जडान, ड्रोनको प्रयोगबाट निगरानी तालिम प्राप्त कुकुर टोलीको समेत प्रयोग गरी दैनिक गस्तीका कार्यसञ्चालन गर्दै आइरहेको छ । रासस

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ मंसिर ९, १२: ३३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ मंसिर ९, १२: ३३

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ मंसिर ९, १२: ३३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...