बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते, आराेपीकाे घर जलाइयाे – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते, आराेपीकाे घर जलाइयाे

नयाँ विकल्प

बर्दिवास । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले मंगलबार गोली चलाउँदा दुइ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग र वीपी राजमार्ग अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएकालाई तितर वितर पार्न प्रहरीले गोली चलाएको दाबी गरेकाे छ । हो । चार वटा गोली लागेका बर्दिवास नगरपालिका वडा नम्बर १ का श्याम कार्कीको अवस्था गम्भीर भएकाे छ ।

प्रहरीकाे गाेली लागरेर सञ्जय भनिने बुद्धिराज न्यौपानेको दाहिने तिघ्रामा गोली लागेको छ । घाइते दुवैजनाको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई हेलिकाेप्टबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

अहिले अस्पताल वरपरको वातावरण तनावपूर्ण छ । प्रहरीले अश्रुग्यास पनि हानिरहेकाे छ । बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि लगेको जनाइएको छ । प्रहरीले प्रदर्शनकारीको ढुंगा प्रहारबाट आफ्नोतर्फ पनि केही घाइते भएको जनाएको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ का शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको थियो । आइतबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव गएराति घर नजिकैको खेतमा फेला परेको थियो ।

बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले जानकारी दिएका छन् ।

बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका स्थानीयले गरेका छन् । हत्या आरोपमा गौशाला नगरपालिका वडा नम्बर ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुणकुमार साह पक्राउ परेका छन् । आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै रोकिएको छ । दमकल नपुगेका कारण तीन तले घर पूर्ण रुपमा जलेको छ ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ मंसिर ९, १६: ०५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ मंसिर ९, १६: ०५

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ मंसिर ९, १६: ०५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...