
नयाँ विकल्प
चाैतारा-सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ लिस्तीका चौँरीपालक किसानलाई उन्नत नश्लका चौँरी वितरण गरिने भएको छ ।
एशिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम गाउँका किसानको समूह गठन गरी अनुदानका रुपमा ७५ चौँरी वितरण गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए
प्रतिचौँरीको रु ९० हजारदेखि एक लाखसम्म पर्ने र चौँरी तथा चीज कारखाना स्थापनाका लागि संस्थाले रु ९५ लाख प्रदान गर्ने भएको छ । रु २५ लाखमा निर्माण गरिने चीज कारखानाका लागि पालिकाले ५० प्रतिशत ब्यहोर्ने पालिकाले जनाएको छ ।
समुद्री सतहबाट तीनहजार मिटरको उचाइमा पर्ने उक्त गाउँमा चौँरीपालक किसानका २०÷२५ गोठ छन् । प्रतिगोठमा १५ देखि ३० चौँरी रहेको र त्यहाँका किसानबाट उत्पादित घ्यू स्थानीयस्तर र राजधानीका गुम्बामा पुग्छ ।
किसानले हातैले निर्माण गरिएका छुर्पी जापान, दक्षिण कोरिया तथा युरोप, अमेरिका महादेशमा पुग्ने भएकाले एक किसानले २० चौँरीबाट वार्षिक रु १० लाखसम्म आम्दानी गर्ने वडाध्यक्ष मुके शेर्पाले बताए । यसैगरी संस्थाको रु २५ लाखको आर्थिक सहयोगमा सोही वडाका सबुखानी र तारतुम गाउँमा खानेपानी योजना सञ्चालन गरिने भएको छ ।
खानेपानीको अभाव झेलिरहेका स्थानीय २०० घरपरिवारका लागि एक घर एक धाराको अवधारणानुसार २०० धारा वितरण गरिने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...