काेराेना भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्य – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

काेराेना भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्य

एजेन्सी,

टोकियो- जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ ।

साथै भाइरसका कारण नराम्रोसँग प्रभावित दुबै देशको अर्थतन्त्र उकास्न साझेदारी गर्ने बारेमा पनि दुबै देशबीच सहमति भएको छ । जापान भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र उहाँका जापानी समकक्षी तोसिमिचु मोटेगीले दुबै देशबीच व्यापारिक, व्यावसायिक यात्रा पुनः शुरु गर्ने निर्णय भएको छ ।

विश्वमा हाल चीन दोस्रो तथा जापान तेस्रो ठूलो अर्थतन्त्र भएका मुलुक हुन् । जापान र चीनबीच यसै महिनाको अन्त्यदेखि व्यावसायिक यात्रा शुरु हुनेछ जहाँ व्यापारिक एवं व्यावसायिक व्यक्तिहरुका लागि १४ दिने क्वारेन्टाइनका नियम लागू हुने छैनन् ।

जापानले यस्तै नियम सिंगापुर, दक्षिण कोरिया र भियतनामका लागि लागू गरिसकेको छ । यद्यपी जापानमा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमणको दर केही बढेको देखिएको छ । सरकारले रोग नियन्त्रण र आर्थिक कृयाकलापलाई सँगसँगै लैजाने नीति अबलम्बन गरिरहेको छ ।

चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि जापानका विदेशमन्त्री मोटेगीले भने , “नयाँ सहमतिहरुले जापान र चीनबीचको व्यावसायिक सम्बन्ध अघि बढाउन निकै योगदान गर्नेछ । जापान–चीनबीचको स्थायित्वले दुई देशबीच मात्र नभई यस क्षेत्रकै लागि यो उपयोगीसिद्ध हुनेछ ।”

कोरोनाभाइरस महामारी फैलनुअघि जापान भ्रमण गर्ने विदेशीहरुमा चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी थियो । दुई देशबीचको सम्बन्ध खासगरी भूमि विवाद र युद्धकालीन इतिहासलाई लिएर संकटमा पर्ने गरेको छ । तर पछिल्ला केही वर्षदेखि दुबै देशबीचको सम्बन्धमा व्यापक सुधार आएको छ । र चीन र संयुक्तराज्य अमेरिकाबीच व्यापार युद्ध शुरु भएपछि चीन र जापानबीचको सम्बन्धमा अझ सुधार आएको छ ।

अमेरिकाका एउटा प्रमुख मित्रराष्ट्रका रुपमा रहेको जापानले चीनलाई अहिले मुख्य व्यापारिक साझेदारका रुपमा लिन थालेको छ । जापानले चीन र अमेरिका दुबैसँग सन्तुलित सम्बन्ध स्थापना गर्नुपर्ने कठिन चुनौती छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ मंसिर १०, १३: ०५

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ मंसिर १०, १३: ०५

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ मंसिर १०, १३: ०५

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...