रौतापोखरीमा आन्तरिक पर्यटककाे चहलपहल बढ्याे – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

रौतापोखरीमा आन्तरिक पर्यटककाे चहलपहल बढ्याे

नयाँ विकल्प

उदयपूर – कोभिड–१९ को कारण झण्डै आठ महिनासम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरी क्षेत्रमा तिहारलगत्तै पर्यटक आगमन बढेको छ । भाइटीकापछि दैनिक रौता क्षेत्रमा पर्यटक बढेर अहिले दैनिक २०० हाराहारी आउने गरेको रौता होमस्टेका सदस्य तथा होटल व्यवसायी राजबहादुर मगरले बताए ।

होटेल सञ्चालक खड्गकुमार राईका अनुसार, अहिले दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको र दैनिक उपस्थिति भएकामध्ये ५० प्रतिशत पर्यटक रौतामा नै बास बस्ने गरेको बताए । सात–आठ महिनासम्म बन्द रौताका होमस्टे तथा होटल अहिले पर्यटकको उपस्थितिसँगै राम्ररी चल्न थालेको होटल सञ्चालिका अनुराधा मगर बताउँछिन् ।

पर्यटक बढ्दै गएकोबारे रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का यसो भन्छन् , “कोभिड सङ्क्रमणको प्रभाव अहिलेसम्म यस क्षेत्रमा छैन, लकडाउन खोलिएको छ भने हिउँद लागेसँगै अब रौता क्षेत्रबाट धेरै क्षेत्रका रमणीय दृश्य देखिने हुनाले पनि तिहारलगत्तै पर्यटक बढीरहेका छन् ।”

होमस्टे, होटेलदेखि सडक र बिजुलीसम्म व्यवस्था भइरहेकाले रौता क्षेत्र पर्यटकका लागि जिल्लाकै महत्वपूर्ण धार्मिक र सुन्दर पर्यटकस्थल बन्दै गएको समेत गाउँपालिकाका अध्यक्ष खड्काले बताए । रौतापोखरी र पञ्चकन्या देवीको मन्दिर दर्शन, पूजा आराधनासाथै यहाँबाट देखिने मनोरम दृश्यका लागि पर्यटक आउने गरेको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले जानकारी दिए ।

हिउँद लागेसँगै मौसम सफा हुने र चारैतिरको रमणीय दृश्य रौता क्षेत्रबाट देख्न सकिने हुनाले पनि धेरै पर्यटक यस क्षेत्रमा आउने गरेको वडाध्यक्ष राई बताउँछन् । समुद्र सतहबाट दुई हजार मिटरको उचाइको पहाडी क्षेत्रमा रहेको रौता क्षेत्रबाट सगरमाथा, आमादब्लाम, ल्होत्से, चोयु, कञ्चनजङ्घा, अरुणबरुण क्षेत्रसहित आठवटा हिमशृङ्खला देख्न सकिने रौताका स्थानीय बमप्रसाद तिम्सिना बताउँछन् ।

यस्तै दक्षिणतिर तराईका मिथिला प्रदेश जनकपुर, कमला नदी, सिरहा, सप्तरी, सप्तकोशी नदी, सुनसरी, इटहरीसहितका दृश्य देख्न सकिन्छ । रौता क्षेत्रमा मुख्य गरेर नेपालको पूर्वी क्षेत्रको मोरङ, झापा, सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाहीसहित उदयपुर, सिन्धुली क्षेत्रका पर्यटकको धेरै आउने होमस्टे सञ्चालक बुद्धिमान मगरले बताए । रासस

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ मंसिर १०, १३: १८

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ मंसिर १०, १३: १८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ मंसिर १०, १३: १८

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...