
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का बनाएर अघि बढ्नुको बिकल्प नभएको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २८ गतेको निर्णयबाट पार्टी सहमहामन्त्रीमा नियुक्त भएका सुनिलबहादुर थापा र केन्द्रीय सदस्यमा नियुक्त ९ नेतालाई बुधबार आफ्नै निवास बुढानिलकण्ठमा निर्देशन दिँदै सभापति देउवाले आगामी निर्वाचनमा काग्रेसलाई जिताउन आजैबाट सक्रियतापूर्ब लाग्न निर्देशन दिएका हुन् ।
गत साउन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका १६ केन्द्रीय सदस्य र अन्य ३१ जना नेतामध्ये १० जनालाई पार्टीले केन्द्रीय कार्यसमितिमा मनोनयन गरेको थियो ।
नवनियुक्त सहमहामन्त्री र केन्द्रीय सदस्यलाई बुधबार नियुक्ति पत्र प्रदान गर्दै देउवाले लोकतन्त्र मजबुद बनाउन पार्टीलाई बलियो बनाउने अभियानामा लाग्न निर्देशन दिए ।

पार्टीको कात्तिक २८ गतेको बैठकले सुनिलबहादुर थापालाई सहमहामन्त्री रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, वावुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टिएन योगीलाई केन्द्रीय सदस्य, झापाका दिलिप राई, कैलालीका आशाराम चौधरी र कपिलबस्तुका राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

सोमबार बुढानिलकण्ठमा आयोजित एक विशेष कार्यक्रममा नवनियुक्त सहमहामन्त्री र केन्द्रीय सदस्यलाई सभापति देउवाले नियुक्ति पत्र दिएपछि पार्टी बलियो बनाउने सक्रिय भएर लाग्न निर्देशन दिएको भेटमा सहभागी केन्द्रीय सदस्य गिरीले नयाँविकल्पलाई बताए ।
कार्यक्रममा गृह जिल्लामै रहेकाले आमन्त्रित केन्द्रीय सदस्य चौधरी र सिंह भने अनुपस्थित थिए ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...