शेयर बजार इन्डेक्स नयाँ इतिहास रच्ने तरखरमा – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

शेयर बजार इन्डेक्स नयाँ इतिहास रच्ने तरखरमा


नयाँ विकल्प
काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स विहिबार ८ अंकले बढ्याे भने हालसम्मकै उच्च विन्दुमा पुग्ने छ । अल टाइम हाइ पछ्याउँदै नेप्से तेस्रो उच्च विन्दु नजिक पुगेकाे छ ।

बुधबार हालसम्मको उच्च विन्दुलाइ पछ्याउँदै तेस्रो उच्च विन्दुभन्दा माथि उक्लिएको छ। बुधबार नेप्से इन्डेक्स ३.५७ प्रतिशत अर्थात ६४.७० अंकले बढेर १८७४.८१ विन्दुमा पुगेर रोकिएको हो । यो हालसम्मकै तेस्रो उच्च विन्दुभन्दा माथि हो।

यस अघि २०७३ साउन ११ गते नेप्से १८६६.५० विन्दुमा पुगेको थियो। २०७३ साउन १३ गते १८७७.९३ विन्दु र २०७३ साउन १२ गते अहिलेसम्मकै सबैभन्दा उच्च विन्दु १८८१.४५ विन्दुमा बन्द भएकाे थियो। यही विन्दु पछाउदै नेप्से सूचक बुधबार १८७४.८१ विन्दुमा पुगको छ।

बुधबार कारोबारमा आएका १२ उपसमुहहरुमध्ये ११ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने एक वटा उपसमुहको सूचक मात्रै नकारात्मक देखिएको छ। यस दिन होटल समुहको सूचक बाहेक सबै सकारात्मक देखिएका छन्।

व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ७.९३ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक ७.३२ प्रतिशत, अन्यको ६.७२ माइक्रोफाइनान्सको ३.८६ प्रतिशत र निर्जीवन बीमाको ३.३१ प्रतिशतले बढेको छ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ मंसिर १०, १६: १३

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ मंसिर १०, १६: १३

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ मंसिर १०, १६: १३

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...