प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper
बालिका हत्या घटनाको विरोध प्रदर्शनमा प्रहरीको अत्यधिक बल प्रयोग

प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त



नयाँ विकल्प,
काठमाडौं – महोत्तरी जिल्लाको ब्यापरिक केन्द्र बर्दिवासमा प्रहरीको असावधानी र अत्यधिक बल प्रयोगका कारण झन तनावग्रस्त बनेको छ ।

बर्दिबास नगरपालिका–१४ स्थित शुभम बस्तीकी बालिका गुलाब साह खातुनको हत्याका आरोपीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका स्थानीयलाई इलाका प्रहरी कार्यालय बर्दिबासको नेतृत्वले दमन गर्ने शैली अपनाउँदा धन जनको क्षति भएको छ ।

दोषीलाई कारवाहीको माग गर्दै मंगलबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सख्त घाइते भएका सञ्जय न्यौपानेको बुधबार मृत्यु भएपछि बर्दिबासमा आन्दोलन थप चर्किएको हो । घाइते न्यौपानेलाई बुधबार हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

बुधबार प्रदर्शनकारीहरुले मृतकलाई सहिद घोषणा गर्नुपर्ने र दोषीलाई फाँसी दिनुपर्ने माग गर्दै विहानैदेखि प्रदर्शन गरिरहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईंको कमाण्डमा रहेको प्रहरीले भिँड नियन्त्रण गर्न भन्दै गोली चलाउँदा बर्दिबास नगरपालिका १ का श्याम कार्की र न्यौपाने घाइते भएका थिए ।

बर्दिबास सेवा समितिले बुधबार आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनुपर्ने माग अघि सारेको छ ।

माग पूरा गर्न सरसकारसँग वार्ता गर्ने वार्ता टोलीसमेत गठन भएको छ । काँग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको हो । यता उपचारको क्रममा काठमाडौंमा मृत्यु भएका न्यौपानेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन्, भने उनको शव सोमबार राति बोरामा राखेर फ्याकिएको अवस्थामा फेला परेको थियो ।

बालिका हत्याको आरोपमा गौशाला–५ का अरुण साहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । साहले बालिकाको हत्या गरेको स्वीकारी सकेका छन् । प्रदर्शनकारीले मंगलबार अभियुक्त साहको घरमा आगो लगाइदिएका थिए ।

प्रदर्शनकारीले निषेधा तोड्दै बर्दिबासमा आन्दोलन गरिरहेका छन् । सुरक्षाको जिम्मेवारी लिएको नेतृत्वले सम्भावित सुरक्षा चुनौतिलाई आंकलन गर्ने र प्रदर्शनलाई नियन्त्रणमा लिनुको सट्टा निशस्त्र प्रदर्शनकारीमाथि गोली बर्षाउन थालेपछि स्थिति झन तनावपूर्ण बनेको छ ।

प्रदर्शनकारीले बुधबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्गमा टायर बालेर बाटो अवरुद्ध गरेका छन् । घटनाले तनाव सृजना गरेपछि बर्दिबासमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७७ मंसिर १०, १७: ११

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
  • २०७७ मंसिर १०, १७: ११

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...

आज देशैभर कांग्रेसको पालिका अधिवेशन
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
  • २०७७ मंसिर १०, १७: ११

काठमाडौं : नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...