नेपाल र भारतबीचको सम्बन्ध झन मजबुद बनाउन आएको हुँः हर्षबर्द्धन – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

नेपाल र भारतबीचको सम्बन्ध झन मजबुद बनाउन आएको हुँः हर्षबर्द्धन


नयाँ विकल्प,

काठमाडौं – नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल –भारतबीचको मित्रता अझै प्रगाढ बनाउन आफू काठमाडौं आएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै भारतीय विदेश सचिव श्रृंगलाले दुई देशबीचको सम्बन्धलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भनेर आफू नेपाल आएको बताए ।

‘भारत र नेपाल निकटतम मित्र राष्ट्र हुन् । यो सम्बन्धलाई कसरी अघि बढाउने भन्नेमा हाम्रो छलफल हुनेछ । पहिलो मिटिङ परराष्ट सचिवसँग हुन्छ, त्यसपछि उच्च नेतृत्वसँग हुनेछ ।’

विमानस्थलमा संचारकर्मीहरुसँग नेपालीमै संक्षिप्त प्रतिक्रिया दिएका भारतीय विदेश सचिव श्रृंगलाले दुई देशबीच भाइचाराको सम्वन्ध रहेको भन्दै भोली भारत– नेपाल मैत्रीको विषयमा आफूले भर्चुअल मिटिङम बोल्ने बताए ।

श्रृंगलाले भुकम्पले क्षति पुर्याएको गोरखा जिल्लामा भारत सरकारले ५० हजार घर बनाउने प्रतिवबद्धता व्यक्र गरेको जनाउँदै हालसम्म ४६ हजार घरहरु बनीसकेको तथा तीन वटा स्कुलको पुननिर्माण गरिएको बताए ।

श्रृंगलाले विमानस्थलममा न्यानो तथा हार्दिक स्वागत भएको भन्दै कृतज्ञता प्रकट गरे । उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी भरत पौड्यालसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ । श्रृंगला शुक्रबार पोखरा र मनाङ पनि जाने भएका छन् ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ मंसिर ११, १४: १५

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ मंसिर ११, १४: १५

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ मंसिर ११, १४: १५

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...