
नयाँ विकल्प,
काठमाडाैं- नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री ज्ञवाली र विदेशसचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको हो ।
नेपाली प्रतिनिधि मण्डलसँगको द्विपक्षीय वार्ता सम्पन्न गरी भारतीय विदेशसचिव श्रृंगला परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न मन्त्रालय पुगेका छन् । करिब एक वर्षपछि भएको द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेशसचिव श्रृंगलाले गरेका थिए।
सो बैठकमा द्विपक्षीय सम्बन्धका विभिन्न मामिलामाथि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सचिव पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि भारतीय सचिव श्रृंगला आज काठमाडौं आएका हुन्।
काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...
काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...