गुल्मीको इस्मामा जिप दुर्घटना ५ काे मृत्यु, तीन घाइते – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

गुल्मीको इस्मामा जिप दुर्घटना ५ काे मृत्यु, तीन घाइते

नयाँ विकल्प

तमघास – गुल्मीको इस्मा गाउँपालिका-४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो ।  

दुर्घटनामा परी इस्मा गाउँपालिका-४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका-५ की ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरीचौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परेर इस्मा गाउँपालिका-४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वति दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेको अधिकारीले बताए । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।
 

सम्बन्धित समाचार

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ मंसिर १२, १२: ३२

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...

प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
  • २०७७ मंसिर १२, १२: ३२

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...

पूर्वसभापति देउवाको गृह वडामा पूर्णबहादुर देउवा सभापति चयन
पूर्वसभापति देउवाको गृह वडामा पूर्णबहादुर देउवा सभापति चयन
  • २०७७ मंसिर १२, १२: ३२

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा-१ मा पूर्णबादुर देउवा वडा सभापति बनेका छन् । अधिवेशनले...