
नयाँ विकल्प,
काठमाडाैं- धेरैलाइ थाहा नहुन सक्छ, देशकाे प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा रहेकाे संञ्चार मन्त्रालय भक्तपुरकाे जडिवुडिबाट संञ्चालित हुन्छ । जडिबुटीमा प्रधानमन्त्री निकटका पूर्वमन्त्री गाेकुलप्रसाद बाँस्काेटा बस्छन् ।
सञ्चार मन्त्रालयकाे जिम्मेवारी पाएका नेकपा नेता पार्वत गुरूङ कारिन्दा मात्र हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे जिम्मा आफ्नै गुटका नेता पार्वत गुरूङलाइ दिए ।
गत अशाेज २८ गते सञ्चार मन्त्रालयमा पदभार ग्रहण गरेका गुरूङ आफ्नै तजविज र याेजनामा हैन पूर्वमन्त्री गाेकुल बास्काेटाकाे निर्देशनमा चल्नु पर्छ । याे मन्त्री गुरूङकाे रहर नभएर बाध्यता हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त निकट, विश्वासपात्र र वफादार बास्काेटाले सञ्चारमन्त्रीका रुपमा एउटा स्वीस कम्पनीको ‘प्रिन्टिङ प्रेस’का प्रतिनिधिसँग कमिसनको रकमबारे मोलतोल गरेको ‘अडियो’ सार्वजनीक भएपछि राजिनामा दिन बाध्य भएका थिए ।
प्रधानमन्त्री ओलीका ‘धर्म पुत्र’ काे रूपमा बास्काेटालाइ लिने गरिन्छ । कमिसन प्रकणमा मुछिएर संञ्चार मन्त्रालयबाट भाैतिक रूपमा बाहिरिए पनि मन्त्रालयका नीतिगत निर्णय, नियुक्ति, सरूवा र बढुवा लगायतका निर्णय पार्वत गरूङले नभइ तिनै बाँस्काेटाकाे तजविजीमा हुँदै आएकाे छ ।
मन्त्रालयसम्बद्व कतिपय काम लिएर मन्त्रालय जाने पार्टीका नेता कार्यकर्तालाइ गुरूङले बास्काेटासंग पठाउने गरेका छन् । नेकपा स्राेतका अनुसार बास्काेटाकाे राजिनामाले सबैभन्दा दुःखी प्रधानमन्त्री ओली बनेका थिए । र अघाेसित रूपमा सञ्चार मन्त्रालयका कामकाे मुख्य जिम्मा उनै बास्काेटालाइ दिए ।
‘राजनीतिकाे तुलाेमा बास्काेटा एकतिर र अरू सबै अर्कातिर भएपनि बास्काेटा भारी हुन्छन् ’ भनेर प्रधानमन्त्री ओलीले सार्वजनिक अभिब्यक्ति दिएकाे दुइ दिनपछि बास्काेटाकाे कमिसन मागेकाे अडियाे बाहिरीएपछि सरकार नैतिक संकटमा पर्दा उनले राजिनामा दिनु परेकाे थियाे ।
मन्त्रालयबाट बाहिरिएका बास्काेटाकाे मन्त्रालय प्रधानमन्त्री ओलीले आफैसंग राखे । बाँस्काेटा ओलीकाे निजी निवास भक्तपुरस्थित बालकाेटबाटै मन्त्रालयका काम गर्ने गरेका थिए । झन्डै ८ महिना संञ्चार मन्त्रालय मन्त्रीविहिन बन्याे ।
प्रधानमन्त्री ओली कमिसन प्रकरणमा बास्काेटालाइ सुनपानी छर्केर चाेख्याउन चाहन्थे । तर नेकपा भित्रकाे शक्ति संघर्ष चर्किदै गएपछि प्रधानमन्त्रीकाे याे याेजना सफल हुन सकेन । नेकपाका एक नेताका अनुसार लामाे समय मन्त्रालय खाली राख्दा थप आलाेचना हुने भयले ओलीले आफुसंग राखेकाे संञ्चार मन्त्रालय आफ्नै गुटका नेता पार्वतलाइ त दिए तर भुमिकाविहिन बनाएर ।
सञ्चार मन्त्रालयमा कार्यभार सम्हालेकाे अवधिमा भएका जुनसुकै घटनाकाे जिम्मेवारी गुरूङमाथी आउँने छ । तर निर्णय तहमा भने उनकाे खासै भुमिका हुने छैन् । यस्ताे अवस्थामा मन्त्रालयमा बसिरहँदा जुनसुकै बेला गुरूङ फस्न सक्ने देखिन्छ ।
मन्त्रीकाे रूपमा आफु रहेपनि हरेक निर्णय बास्काेटाबाटै गराउनुपर्ने भएपछि गरूङलाइ सञ्चारमन्त्री पद नखाँउ भने दिन भरिकाे शिकार, खाउँ भने कान्छा बाउकाे अनुहार भने जस्तै भएकाे छ ।
कतिपय नितिगत निर्णयमा बास्काेटा हावी हुन थालेपछि गुरूङले मन्त्रालयबाट बाहिरिन खाेजेका छन् । गत हप्ता नेकपा विवाद समाधान गर्न आफु पद त्याग्न तयार रहेकाे बताएका गुरूङ कुनै न कुनै बहाना बनाएर मन्त्रालयबाटै बाहिरिन खाेजेकाे स्राेतले दावी गरेकाे छ ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...