
नयाँ विकल्प
काठमाडाैं-चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौं आइपुगेका छन्। चिनियाँ रक्षामन्त्री, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर आजै फर्किने । चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका रक्षा मन्त्री फेङहे विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गएका छन्।
विमानस्थलमा उनको आगमनको तस्बिर खिच्न सरकारी सञ्चारमाध्यमहरूलाई मात्र अनुमति दिइएको थियो। दूतावासमा केहीबेर बसेपछि रक्षामन्त्री फेङहे दिउसो नेपाली सेनाको मुख्यालय जंगी अड्डा जाने छन्।
त्यहाँको उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने छन्। जंगी अड्डाको कार्यक्रम सकेर रक्षा मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दिउँसो ३ बजेतिर बालुवाटार जाने छन्। स्रोतका अनुसार बालुवाटारमा रक्षा मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री ओलीलाई भेटेपछि फेङहे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानेछन्।
उनी आजै साँझ स्वदेश फर्केने कार्यक्रम छ। गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेपछि फेङहे नेपाल आएका उच्च चिनियाँ अधिकारी हुन्।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...
काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...