रोल्पामा अपरिचित दुई पुरुषका शव फेला – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

रोल्पामा अपरिचित दुई पुरुषका शव फेला


नयाँ विकल्प
काठमाडाैं- रोल्पामा सडेको अवस्थामा दुइटा शव फेला परेका छन्। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा १२ गते बेलुका दुई पुरुषका शव फेला परेका हुन्। माछा मार्न गएका स्थानीयले खोल्सामा नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शुक्रबार साँझ खबर आए पनि प्रहरीले शनिबारमात्रै मुचुल्का उठाएको थियो। जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले शव सडेको हुँदा पहिचान गर्न गाह्रो भएको बताए।

उनका अनुसार घटनास्थल सदरमुकाम लिवाङदेखि झन्डै ४३ किलोमिटर टाढा पर्छ। शव फेला परेको खबरपछि रातभर खोलामै प्रहरी पहरा दिएर बसेको र मुचुल्का तयार पारी अस्पताल पुग्दा दिउँसो ३ बजेको डिएसपी सुवेदीले जानकारी दिए।

अहिले पोष्टमार्टमको लागि दुइटै शव जिल्ला अस्पताल लिवाङमा राखिएको छ। दुईमध्ये एउटा अन्दाजी उमेर ३०-३२ वर्ष र अर्काको ३५-४० वर्षको देखिने प्रहरीले अनुमान गरेको छ। ‘दश मिटरको दूरीमा दुइटा शव फेला परेका हुन,’ डिएसपी सुवेदीले भने ‘शवको प्रकृति हेर्दा २०-२२ दिनपहिले मृत्यु भएको जस्तो देखिन्छ।’ नजिकैको गाउँबाट कोही हराएको वा कुनै घटना भएको भनेर गाउँलेले प्रहरीमा खबर गरेका थिएनन्।

फेला परेका शव स्थानीयले नचिनेकाले ती दुई पुरुष को थिए र उनीहरूको मृत्यु कसरी भयो भन्ने रहस्यमयी बनेको छ। शव नजिकै दुइटा टर्च पनि फेला परेको हुँदा राति पैदल हिँडिरहेको समयमा भीरबाट लडेर दुबै जनाको मृत्यु भएको हुन सक्ने उनले बताए। ‘माथि भीरमा झार जंगल लडिबुडी भएको र धुलो माटो मडारिएको दृष्य देखिएको छ,’ डिएसपी सुवेदीले भने ‘ एक जनाको साथमा मोबाइल पनि फेला परेको छ।’ फेला परेको मोबाइलमा जम्मा ८-१० वटा नम्बरमात्रै सेभ रहेको उनले बताए।

एकजना मृतकको साथमा फेला परेको मोबाइलको सिमकार्ड दाङको बंगलाचुली गाउँपालिका वडा नं. २ का कृष्ण केसीको नाममा दर्ता भएको पाइएको हुँदा उनको परिवारका सदस्यलाई पनि खबर गरिएको सुवेदीले बताए। ‘हामीले एक जना दाङ र एकजना प्युठान जिल्लाका व्यक्तिका परिवारलाई खबर गरेका छौं,’ डिएसपी सुवेदीले भने ‘ उहाँहरु दुबै जना रोल्पा आउँदै हुनुहुन्छ, त्यसपछि के हुन्छ हेरौं।’ सर्वसाधारणले भने उनीहरूको हत्या भएको हुन सक्ने आशंका गरेका छन्।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ मंसिर १४, १४: १९

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ मंसिर १४, १४: १९

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ मंसिर १४, १४: १९

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...