अमेरिका र भारतमा प्रतिबन्ध टिकटक अकाउन्ट प्रधानमन्त्री ओलीले खोले – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

अमेरिका र भारतमा प्रतिबन्ध टिकटक अकाउन्ट प्रधानमन्त्री ओलीले खोले


नयाँ विकल्प,

काठमाडौं – मित्रराष्ट्र भारत र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले भने एकाउन्ट खोलेर भिडियो सेयर गरेका छन् ।

चिनियाँ सफ्टवेयर भएकै कारण टिकटकलाई भारत र संयुक्त राज्य अमेरिकामा प्रतिवन्ध लगाए पनि पछिल्लो पुस्तामा सबैभन्दा बढी लोकप्रिय मल्टिभिडया सामाजिक सञ्जालको रुपमा टिकटिकलाई लिइन्छ ।

प्रधानमन्त्री ओलीले आइतबार टिकटक एकाउन्ट खोलेका छन् र ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ ।

‘मालपोत, विद्युत महसुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छु’, टिकटक भिडियो सन्देशमा भनिएको छ ।

एउटा मात्रै भिडियो अपलोड गरिएको ओलीको टिकटक एक लाखले हेरिसकेका छन् भने १ सय ६० बढी कमेन्ट र ७ हजार बढीले लाइक गरेका छन् । यसलाई एक सय बढीले सेयर पनि गरेका छन् ।

सम्बन्धित समाचार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ मंसिर १५, १६: ४०

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
  • २०७७ मंसिर १५, १६: ४०

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ मंसिर १५, १६: ४०

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...