उपत्यकामा सरकार विराेधी प्रदर्शन बढन थालेपछि प्रशासनकाे जुलुस नगर्न चेतावनी – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

उपत्यकामा सरकार विराेधी प्रदर्शन बढन थालेपछि प्रशासनकाे जुलुस नगर्न चेतावनी


नयाँ विकल्प
काठमाडाैं- देशका विभिन्न स्थानमा सरकार विराेधी गतिविधि बढदै गइरहेकाे बेला उपत्यमामा समते प्रदर्शन बढन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ। तर जिल्ला प्रशासन कार्यालयले निकालेकाे विज्ञप्तिमा कोरोनाभाइरस महामारी अझै रहेकोले भिडभाडजन्य गतिविधि नगर्न/नगराउन भनेकाे छ ।


‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ प्रशासनले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ। पछिल्लो समय राष्ट्रिय झन्डा बोकेर काठमाडौंलगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ मंसिर १६, १३: ४०

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ मंसिर १६, १३: ४०

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ मंसिर १६, १३: ४०

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...