
नयाँ बिकल्प,
काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका दुई प्रहरी उपरिक्षक (एसपी) र एक प्रहरी निरिक्षक (इन्सपेक्टर)लाई घुस काण्डमा छानबिनको लागि निलम्बन गरेको छ ।
महानगरिय ट्राफिक प्रहरी महाशाखामा रहँदा तल्लो तह र निकायबाट मासिक पैशा उठाएको अभियोगमा उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा निलम्वन गरिएको हो ।
ट्राफिक कार्यालयमा रहँदा अनियमिता गरेको पुस्टि भएपछि उनीहरुलाई गृहले निलम्वन गरेको हो । एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्सपेक्टर मेघराज चौरसियालाई गृहले निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जनाएका छन् ।
निलम्बन गरेर उनीहरुमाथि विभागीय कारबाही गर्न लागिएको छ । तीनै जना ट्राफिक कार्यालयमा हुँदा महाशाखको नेतृत्व भने भिम ढकालले गरेका थिए । हाल उनी सरुवा भएर प्रहरी प्रधान कार्यालयमा गएका छन् ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...