
बझाङ- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीको नेतृत्वमा आयोगका सदस्य सरिता थापा र उपसचिव पुरुषोत्तम सुवेदीलगायतको टोली बझाङ पुगेर द्वन्द्वको बेला यहाँबाट बेपत्ता पारिएका परिवारसँग भेटघाट गरेको छ ।
द्वन्द्वका बेला यहाँबाट बेपत्ता भएका वा बेपत्ता पारिएका २० जनाको नाम र ठेगाना आयोगले सार्वजनिक गरेपछि पीडित परिवारले उनीहरुको छिटोछरितो खोजी तथा छानबिनका लागि आयोगसँग अनुरोध गरेका छन् । सो अवसरमा आयोगका अध्यक्ष सुवेदीले देशभर ७७ जिल्लामध्ये ७५ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत बेपत्ताको छानबिनका लागि उजुरी दर्ता भएको र आयोगले क्षेत्र, जिल्ला एंव स्थानीय तहसमेत छुट्याइसकेको बताए ।
उनले पीडितलाई राहत दिने र पीडित पहिचानमा राज्यले ढिलाइ गरेकोमा क्षमासमेत मागे । अध्यक्ष सुवेदीले भने , “अब स्थानीय सरकारलाई बेपत्ता व्यक्तिको विवरण पठाउँछौँ । बेपत्ता व्यक्ति घर परिवारको सम्पर्कमा आए नआएको विवरण लिएर स्थानीय तहले आयोगमा पठाइ सहयोग गर्नुपर्छ ।” पछिल्लो समय धेरैजसोले सूचना नपाएर उजुरी गर्न नसकेकालाई आवश्यक कागजात तथा प्रमाण लिएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन पनि उनले जानकारी गराएका छन् । रासस
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...