तनहुँमा कांग्रेस नेता पौडेललाई प्रहरीले लियो नियन्त्रणमा – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

तनहुँमा कांग्रेस नेता पौडेललाई प्रहरीले लियो नियन्त्रणमा


नयाँ बिकल्प,
दमौली । तनहुँको व्यास नगरपालिकास्थित बुल्दि खोलमा निर्माण भएको पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय प्रशासन र सत्तारुढ दलका कार्यकर्ताले कांग्रेस नेता पूर्वगृहमन्त्री पौडेललाई बुधबार पुल उद्घाटन गर्न जाँदा स्थानीय प्रशासनले प्रहरी लगाएर उनलाई नियन्त्रणमा लिएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संस्था युवा संघका कार्यकर्ताले पौडेललाई पुल उद्घाटन गर्न दिनबाट रोक्नको सदरमुकाम दमौलीमा प्रदर्शन गरेका थिए भने स्थानीय प्रशासनले बुधबार दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्मका लागि निषोधाज्ञा लगाएको थियो ।

पौडेलले दिउँसो १ बजे पुल उद्घाटन गर्ने कार्यक्रममा जाँदा नेकपाका कार्यकर्ताले बिरोध जनाएका थिए भने उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आफ्नो पार्टीको पहलमा बनेको पुल विपक्षी दलका नेताले उद्घाटन गर्न नहुने भन्दै युवा संघका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । कांग्रेस भातृसंगठन तरुण दलले पनि प्रदर्शन गर्न थालेपछि दमौलीमा तनाव भएको हो ।

स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । दुबै पक्षलाई सम्झाउँदा नमानेपछि अवस्था बिग्रन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले दाबी गरेका छन् ।

पुल उद्घाटन गर्न बुल्दी खोला पुगेको नेता पौडेललाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि उद्घाटन कार्यक्रम स्थागित भएको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरीले आफूलाई नियन्त्रणमा लिने प्रयास गरेपछि उनी पुलबीचमा बसेका थिए ।

पुलमाथि पलेंटी कसेर बसेका नेता पौडेललाई प्रहरीले समाएर उचाल्दै प्रहरी भ्यानमा राखेको थियो ।

सम्बन्धित समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ मंसिर १७, १५: ३२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ मंसिर १७, १५: ३२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ मंसिर १७, १५: ३२

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...