
नयाँ विकल्प,
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार एक बजे बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएपछि बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।
पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्रीको उपस्थितिमा छलफल गर्नु आवश्यक र उपयुक्त हुने निष्कर्ष निकाल्दै आगामी बैठकमा ओलीको अनिर्वाय उपस्थितको अपेक्षासहित बैठकमा आउन अनुरोध गर्ने निर्णय गरेको उनले बताए ।
बुधबारको सचिवालय बैठक स्थगित भएसँगै बिहीबारको लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक पनि मंसिर २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव आरोप पत्र भएको भन्दै अर्का अध्यक्ष ओलीले सो प्रस्ताव फिर्ता नलिएसम्म सचिवालय बैठक बस्न नसक्ने र बसे पनि त्यही विषयमा छलफल हुन नसक्ने भन्दै अडान लिएका छन् ।
सचिवालय बैठकमा दाहालले पेश गरेको प्रस्ताव पारित गर्ने र बहुमतको आडमा स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमार्फत ओलीलाई अल्पमतामा पारेर सरकार र पार्टी नेतृत्वबाट हटाउने असन्तुष्ट नेताको प्रयासलाई ओलीले छल्दै आएका छन् ।
बहुमतको आधारमा ओलीलाई कमजोर बनाउने दाहाल र अर्का नेता माधवकुमार नेपाल समूहको प्रयासलाई निस्तेज र कमजोर बनाउने योजनामा ओली रहेका छन् । उनले आफ्नो उपस्थिति बिना कुनै पनि निर्णय हुन नसक्ने भन्दै आफ्नो हैसियत देखाएका छन् ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...