पौडेल पक्राउ घटनाको सर्बत्र निन्दा, माफी माग्न कांग्रेस भ्रातृ संस्थाको माग – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

पौडेल पक्राउ घटनाको सर्बत्र निन्दा, माफी माग्न कांग्रेस भ्रातृ संस्थाको माग


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई तनहुँको जिल्ला प्रशासन कार्यालय र प्रहरीले बुधबार पुल उद्घाटन कार्यक्रममा जानेक्रममा पक्राउ गरेको घटनाको सर्बत्र निन्दा, भत्सर्ना र विरोध भएको छ ।

पूर्वनिर्धारित कार्यक्रममा जान लाग्दा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गर्ने र त्यसकै बहाना बनाएर नेता पौडेललाई प्रहरी लगाएर पक्राउ गरेको घटनाको देश र विदेशबाट विभिन्न संघ संस्थाले बिरोध गरेका हुन् ।

नेता पौडेल गृह जिल्ला तनहुँको व्यास नगरपालिकास्थित वडा नं. १ र ११ लाई जोड्ने पुल उद्घाटन गर्न जाँदा प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार गरे पनि प्रहरीले उनलाई बुधबार साँझ छाडेको थियो ।

पौडेल पक्राउको घटनालाई नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिना, नेपाली जनसम्पर्क समितिका २३ जना सभापति, नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतले विज्ञप्ती जारी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुस र अधिनायकवादी चरित्रको संज्ञा दिएका छन् ।

ति संगठनका अध्यक्षहरुले पौडेल पक्राउको घटनाका दोषीलाई माफि माग्न माग गर्दै यस्ता घटना दोहोरिन नदिन चेतावनी दिएका छन् ।

नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष विष्णुदेवी पुडासैनी र प्रवक्ता रिता दवाडीद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा नेता पौडेलमाथि भएको सो अपमानको घोर निन्दा र घृणा प्रकट गर्दै दुव्र्यवहारप्रति माफी नमागे महिला संघ काठमाडौं जिल्ला समिति सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ मंसिर १८, १७: २१

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ मंसिर १८, १७: २१

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ मंसिर १८, १७: २१

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...