
नयाँ विकल्प
काठमाडाैं- नेपालकाे पुजि बजार बढ्दै गएर दैनिक रेकर्ड ब्रेक गर्दै गइरहेकाे छ । काराेबार रकम इतिहारमै सबैभन्दा बढि भैइरहेका बेला सेयर बजारमा सबैकाे ध्यान सेयर बजारमा पुगेकाे छ । बढेकाे सेयर बजारमा लगानी कर्ताले कम तर ब्राेक्ररले बढि फाइदा लिइरहेका छन् ।
पछिल्लाे समय सेयर बजारमा ब्राेकरहरूले मात्र दैनिक १० कराेड बढि कमिसन उठाइरहेका छन् । सेयर बजारका लगानीकर्ता भने तिनै ब्राेकरबाट बिभिन्न बहानामा प्रताडित हुँदै आइरहेका छन् । नेपाल धिताेपत्र बाेर्डले सेयर बजार पूर्ण अनलाइन गरिसकेपछि पनि लगानीकर्ता माथी किन ठूलाे रकम कमिसन लिइरहेकाे छ ?
यहि जवाफ खाेज्न धितोपत्र बोर्डमा लगानीकर्ताको शुक्रबार प्रदर्शन, गरेका छन् । लगानी कर्ताले ब्रोकर कसिमन ०.२५% कायम गर्न माग गर्दै लामाे समयदेखि प्रदर्शन र विराेध गर्दै आएपनि नियमक निकाय माैन रहनुले लगानीकर्ता ठग्न ठूलाे चलखेल भइरहेकाे सराेकारवाला निकायकाे दावी छ ।
धितोपत्र बोर्डमा लगानीकर्ताको प्रदर्शन, ब्रोकर कसिमन ०.२५% कायम गर्न माग
शुक्रबार जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डमा प्रदर्शन गरेका छन्। ब्रोकर कमिसन घटाउनुपर्ने मुख्य मागसहित लगानीकर्ताहरुले प्रदर्शन गरेका हुन्। बोर्ड परिसरमा जारी प्रदर्शन लगानीकर्ताका विभिन्न खाले संघसंगठन नेता तथा तिनमा आबद्ध लगानीकर्ताहरु सहभागी छन्।
हातहातमा प्लेकार्ड बोकेर सहभागी भएका लगानीकर्ताहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत कायम हुनुपर्ने, सेयर कारोबारमा लगानीकर्ताले गरेको लगानी कमिसनका रुपमा चारैतिर जाने प्रथा अन्त्य हुनुपर्ने, २० करोडको कारोबार हुँदा कायम ब्रोकर कमिसन करिब १० अर्बको कारोबार हुँदासमेत पहिलेकै दर कायम भएकोमा त्यो तत्काल खारेज हुनुपर्ने, पुँजी बजार बढ्न थालेपछि विज्ञप्ति जारी गरी लगानीकर्तालाई आतंकित पार्ने काम बन्द हुनुपर्नेलगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।
नेपाल इन्भेस्टमेन्ट फोरमको नेतृत्वमा भएको प्रदर्शनप्रति लगानीकर्ताहरुले धितोपत्र बोर्डलाई ज्ञापनपत्रसमेत बुझाउँदैछन्। सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार बोर्डको प्रदर्शन सकिएपछि लगानीकर्ताहरु नेपाल राष्ट्र बैंकसमेत जान कार्यक्रम छ। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको सीमा घटाउने घोषणा गरेको थियो।
राष्ट्र बैंकको अस्थिर नीतिका कारण बजार प्रभावित हुने भन्दै लगानीकर्ताहरुले त्यहाँ पनि ज्ञापनपत्र बुझाउन लागेका हुन्।
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा-१ मा पूर्णबादुर देउवा वडा सभापति बनेका छन् । अधिवेशनले...