भक्तपुरमा कार दुर्घटना, एक युवतीकाे मृत्यु – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

भक्तपुरमा कार दुर्घटना, एक युवतीकाे मृत्यु


नयाँ विकल्प
काठमाडाैं- भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान पौने १ बजे मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारमा कार पल्टिएको हो।
भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा. ८ च. ४७५६ नम्बरको कार अनियन्त्रित भइ सडकको रेलिङमा ठक्किएर पल्टिएको हो।

कार पल्टिएर विपरिततिरको लेनमा पुगेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। कौशलटारको प्रवीण पेट्रोल पम्पमा कार दुर्घटना भएको भन्ने खबर महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पाएको थियो। तत्कालै महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले सडक किनारमा ३० वर्षीया महिला अचेत अवस्थामा फेला पारेको थियो। प्रहरीले उनलाई मध्यपुर ठिमी अस्पताल पुर्‍याएको थियो।

तर चिकित्सकहरूले अस्पताल पुग्दा मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। मृत्यु हुने काठमाडौं-४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठ हुन्। प्रहरीका अनुसार कारमा रियासहित चार जना सवार थिए।लोकन्थीका कार चालक २६ वर्षीय रञ्जित कार्की, राधेराधेका २६ वर्षीय विजय देउजा र सुर्यविनायक नगर-४ गाम्चाका २७ वर्षीय सुदीप थापा कारमा सवार थिए।

‘उनीहरू साथी भएको बुझिएको छ,’ प्रहरी नायब उपरीक्षक गिरीले भने। बाँकी तीनै जनाको अवस्था सामान्य छ। ‘राति हामीले ती महिलालाई मात्रै फेला पार्‍यौं। अरू थिएनन्। अरू आज बिहानमात्रै प्रहरीको सम्पर्कमा आए,’ प्रहरी नायब उपरीक्षक गिरीले भने,’तीनै जनामाथि सोधपुछ गरिरहेका छौं।’ प्रहरीले चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ मंसिर २१, १२: ५३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ मंसिर २१, १२: ५३

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ मंसिर २१, १२: ५३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...