शेयर बजारमा नेगेटिभ सर्किट, १२३ अंकले घट्याे बजार – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

शेयर बजारमा नेगेटिभ सर्किट, १२३ अंकले घट्याे बजार


नयाँ विकल्प,
काठमाडाैं- साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको झण्डै ४ घण्टामा नै नेप्से सूचक १२३ दशमलव ३४ अंकले घटेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत सेयर धितो ऋण पुनरावलोकन गर्ने जनाएपछि आइतबार सेयर बजारमा पहिरो गएको छ। सुरुवातबाटै घटेको बजार २ बजेपछि तीब्र गतिमा झर्दा पुरै दिन कारोबार हुन पाएन ।

बजार अहिलेसम्मकै उच्च १२३ अंकले घटेको छ। यद्यपी ७ अर्बभन्दा बढिको कारोबार भएको छ। यति फराकिलो अंकले बजार झरेको पहिलो पटक हो। राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गर्ने जनाएपछि सेयर लगानीकर्ताहरुले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई भेटेका थिए। भेटेर फर्किएपछि बजार अझ घटेको हो।

आइतबार बजारमा बिक्री चाप बढ्दा सबै कम्पनीको शेयरमूल्य घटेको छ। बढेको बजारमा लगानीकर्ता प्रोफिट बुकतिर लाग्दा बजार उच्च अंकले घटेको हो। यस अवधिमा नेप्से सूचक १२३ अंकले घटेर १९३२ दशमलब ११ विन्दुमा झरेको छ। दुई घण्टामा करिब ७ अर्ब २ करोड रुपैयाँ बढिको शेयर कारोबार भएको छ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
  • २०७७ मंसिर २१, १४: २३

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा...

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७७ मंसिर २१, १४: २३

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७७ मंसिर २१, १४: २३

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...