सिन्धुलीगढी युद्ध संग्रहालय संरक्षणमा नेपाली सेना – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

सिन्धुलीगढी युद्ध संग्रहालय संरक्षणमा नेपाली सेना


नयाँ विकल्प,
काठमाडाैं – नेपाली सेनाले ईतिहास तथा संस्कृति सम्वर्द्धन गर्ने उदेश्यले सिन्धुलीगढी युद्ध संग्रहालय संरक्षणमा दतारूकता देखाएकाे ।

प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन मा उल्लेखित नेपाल तथा नेपाली सेनाको ईतिहास प्रबर्द्धन गर्ने क्रममा नेपाली सेनाको पहलतामा निर्माणाधिन सिन्धुलीगढी युद्ध संग्रहालय को आन्तरिक सजावट प्रारुप तयारीबारे नेपाली सेनाले सराेकारवाला निकाय संग परामर्श सूरू गरेकाे छ ।

यसै सम्बन्धमा नेपाली सेनाले हिजाे शनिबार गते बागमती प्रदेश सांसद, माननीय विनोद खड्काको प्रमुख आतिथ्यतामा एक दिने कार्यशाला गोष्ठी सम्पन्‍न गर्याे । गोष्ठीको दौरान सिन्धुलीगढी युद्ध संग्रहालयको लागि आवश्यक सामग्री संकलन, प्रदर्शनी हल ग्यालेरी काे डिजाइन काे ब्यावस्यापनकाे काम कसरी सम्मपन्न गर्ने विषयमा केन्द्रीत रहेकाे सेनाले जनाएकाे छ ।

नेपाली सेनाले संग्राहलयमा अन्यत्रबाट सामग्री संकलन तथा प्राप्ती र संग्रहालयको संचालन तथा व्यवस्थापनको विषयहरुमा आधारित भई छलफल भएको थियो । साे अवसरमा संग्रहालयमा हालसम्म भएको प्रगति विवरणका सम्बन्धमा बर्द बहादुर गणका गणपतिद्वारा प्रस्तुतिकरण गरेका थिए ।

सोही क्रममा नेपाली सेनाकाे नं. ९ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले नेपाली इतिहासमा सिन्धुलीगढीको लडाइँमा अंग्रेज बिरुद्धको जीतले नेपाल र नेपालीको अस्तित्व जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै वास्तविकता र पूर्वजहरुको योगदान तथा अदम्य साहसका कारण हाम्रो आफ्नो पहिचान जोगिएको यथार्थलाई आत्मसात गर्दै ऐतिहासिक सिन्धुलीगढी क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गरि संरक्षण तथा प्रबर्द्धन गरिनु पर्ने कुरामा जोड दिए ।


गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश सांसद माननीय विनोद खड्काले सम्बन्धित विशेषज्ञहरुको राय सुझावलाई आत्मसाथ गरी प्राप्त हात-हतियारहरु तथा अन्य दस्तावेजको सजावट, व्यवस्थापन तथा संचालन गर्न भविष्यमा आई पर्न सक्ने चुनौतिहरुलाई मनन् गरी कार्य योजना बनाई सिन्धुलीगढी युद्ध संग्रहालयलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा स्थापित गराउन सकेमा गौरवमय ईतिहास बोकेको सिन्धुलीगढीको महिमा अझ बढ्न सक्ने विश्वास व्यक्त गरे ।

नेपाली सेनाको यस पहलकदमीको सराहना गरेका थिए । उक्त कार्यशाला गोष्ठीमा कमलामाई नगरपालिकाका नगर उप प्रमुख, कमलामाई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत, राष्ट्रिय संग्रहालय प्रमुख, संरक्षणविदहरु, आर्किटेक्ट ईन्जिनियरहरु, इन्टेरियर डिजाइन विज्ञहरु, पूर्व पाटन संग्राहलय प्रमुख, नेपाली सेनाका अधिकृतहरु, सञ्चारकर्मीहरु तथा अन्य सरोकारवाला पक्षहरुको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ मंसिर २१, १५: ३९

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ मंसिर २१, १५: ३९

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ मंसिर २१, १५: ३९

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...