
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव फिर्ता नलिएसम्म कुनै पनि बैठकमा उपस्थित नहुने भएका छन् ।
कार्यकारी अध्यक्ष दाहालले गत कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावलाई आरोप पत्रको संज्ञा दिँदै आएका ओलीले दाहालको प्रस्ताव फिर्ता नभएको भन्दै आइतबार पार्टी मुख्यालय धुम्वाराहीमा बसेको स्थायी समिति बैठकमा उपस्थित नभएका हुन् ।
आफू अनुपस्थित भएपनि ओलीले स्थायी समिति बैठकलाई लिखित्र पत्र पठाउँदै प्रचण्डको प्रस्तावमा छलफल गर्ने बैठकमा उपस्थित हुन नसकिने जानकारी दिएका थिए । बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ओलीको पत्र पढेर सुनाएका थिए ।
ओलीले बैठकलाई पठाएको पत्र शुरुमै ईश्वर पोखरेलले वाचन गरेर सुनाएका थिए । ओली उपस्थित नभएपछि धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले आन्तरिक गृहकार्य गर्ने भन्दै मङ्सिर २८ सम्मका लागि बैठक स्थगन गरेको छ ।
ओलीले स्थायी समितिको बैठक धुम्वाराहीमा बस्दा साँघुरो ठाउँ हुँदा कोरोना सर्न सक्ने भन्दै नजाने बताएका छन् । उनले केन्द्रीय कार्यालय धुम्वाराही साँघुरो भएकाले कोरोनाको डर हुने भन्दै नजाने बताएका थिए । तर, ओलीको पत्र बोकेर बैठकमा आएका पोखरेलले भने अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेललाई दोष दिएका छन् ।
स्रोतका अनुसार पोखरेलले कार्यकारी अध्यक्ष दाहाल र महासचिव पौडेलले स्थायी केन्द्रीय समितिमा छलफल हुने बैठकको एजेण्डा प्रस्तुत नगरेकोले बैठक स्थगित गर्नु पर्ने भनेका थिए ।
हेर्नुस अध्यक्ष ओलीले स्थायी समिति बैठकमा पेश गरेकाे पत्र

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...