दिल्लीका मुख्यमन्त्री केजरीवाल सहित १० पार्टीकाे भारत बन्दमा समर्थन – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

दिल्लीका मुख्यमन्त्री केजरीवाल सहित १० पार्टीकाे भारत बन्दमा समर्थन


एजेन्सी
नयाँ दिल्ली ।
भारतीय सरकारले हालै जारी गरेको केन्द्रीय कृषि कानून (फार्म ल) को बिरुद्ध भारतमा सोमबार पनि भारतीय राजनीतिक दलहरुको समर्थनमा किसानले विसाल प्रदर्शन गरेका छन् ।

किसानको आन्दोलनलाई भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समेत समर्थन गरेका छन् । उनले सोमबार बिहानै नयाँ दिल्ली छिर्ने सिंघु बर्डर पुगेर ‘म मुख्यमन्त्रीको हैसियतले भन्दा पनि सेवक बनेर आएको हुँ, मेरो राज्य सरकार, पार्टी र कार्यकर्ताको समर्थन छ’ भनी घोषणा गरे ।

कृषि कानून फिर्ता लिनुपर्ने भन्दै भारतमा एक महिनाभन्दा बढी समयदेखि भारतमा किसानले आन्दोलन गरिरहेका छन् । केजरीवालले आफू जनताको एक सेवक भएको बताउँदै किसानको सेवा र समर्थनमा आफू आएको बताएका थिए ।

‘किसानले २४ सै घण्टा मेहनत गरी खुन पसिना बागाएर हाम्रो सेवा गरिरहेका छन् । आज तिनै किसान समस्यामा परेका छन् । देशवासीको माग नै किसानको पक्षमा साथ दिएर उभिनु र सेवा गर्नु भन्ने सन्देश छ,’ केजरीवालले किसान आन्दोलनलाई संवोधन गर्दै भने ।

केजरीवालले आफ्नो पार्टी आम आद्मीका एमएलए जनरल सिंह किसानको आन्दोलनको समर्थनमा सिंघु क्षेत्रमै रात दिन बस्ने गरेको र पार्टीले भोलेन्टियर्स र कार्यकर्ता पनि आन्दोलनकारी किसानको पक्षमा खटाएको बताए ।

केजरीवालले मंगलबार हुने बन्दमा आफ्नो पार्टीको पूर्ण समर्थन र सहभागिता हुने भन्दै सरकारले रंगशालालाई अस्थायी बन्दीगृह बनाउने प्रस्तावलाई आफूले अस्वीकार गरेको बताए । भारतीय किसानले भारतभर चलाइ रहेको कृषि कानून फिर्ताको आन्दोलनको समर्थनमा लण्डनस्थित भारतीय दूतवास बाहिर समेत प्रदर्शन भएको थियो ।

केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किशानबीच सहमति खोज्न भएको पाचौं चरणको वार्ता समेत असफल भएको छ । भारत सरकारले कृषि कानूनलाई संशोधन गरेर जान तयार भएपनि किसान नेताहरुले सो कानूनको पूर्ण खारेजीको माग गरेका छन् ।

कुन कुन संगठन र पार्टीले गरे भारत बन्दकाे समर्थन

मंगलबार हुने भारत बन्दमा चार सय बढी किसान संगठन संलग्न हुने भएका छन् । भारत बन्दकाे भारतीय कांग्रेस पार्टीका साथै तृणमूल कांग्रेस, राष्ट्रीय लोक दल, राष्ट्रिय जनता दल, राष्ट्रीय लोक समता पार्टी (रालोसपा) र समाजवादी पार्टीले समर्थन गरेका छन्र । त्यस्तै, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी र भाकपा मार्क्सबादी लेनिनबादी, अारएसपी र अल इण्डिया फरवार्ड ब्लकले भारत बन्दकाे समर्थन गरेका छन्र ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ मंसिर २२, १२: ५८

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ मंसिर २२, १२: ५८

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ मंसिर २२, १२: ५८

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...