
नयाँ विकल्प,
रौतहट । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य मोहम्द अफताव आलमका भाई मोहताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको राजपुर बमकाण्डका आरोपित कांग्रेस सांसद अफतावका भाइ मोहताबलाई भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
२०६४ चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको र सो घटनामा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अक्तरलाई जिउँदै ईंटाभट्टामा जलाएको प्रहरीको आरोप छ ।
५५ वर्षे मोहताबको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसलाई ट्याक्टरमा राखेर इँटाभट्टामा जलाएको स्वीकार गरेको प्रहरीको दाबी छ ।
अफताब आलम गत वर्ष असोज २६ मा पक्राउ परेका थिए । तत्कालीन प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले उनलाई राजपुर फरहदवास्थित निजी निवासबाट पक्राउ गरेका थिए । आलम हाल नख्खु कारागारमा छन् ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...