
नयाँ विकल्प
काठमाडाैं- प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ। माेरङ प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।
उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरीले जनाएकाे छ । ‘बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट लिएर गएकाे प्रहरीले जनाएकाे छ ।
घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर श्रेष्ठको हत्या गरिएकाे छ । प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको जनाएकाे छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ ।
प्रहरी टोली अहिले घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएकाे छ ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...