
नयाँ विकल्प
काठमाडाैं – विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ ०.८६ मिटर बढेकाे छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ बारे जानकारी गराएकाे हुन् । नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर रहेकाे छ।
पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेकाे हाे । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।
विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।
सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो ।
सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो । सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर कायम गरिएकाे थियाे ।
काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...
काठमाडौं : नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...