एआइजीको दरबन्दी नथप्न सरकारलाइ राज्य व्यवस्था समितिको निर्देशन – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

एआइजीको दरबन्दी नथप्न सरकारलाइ राज्य व्यवस्था समितिको निर्देशन


नयाँ विकल्प
काठमाडाैं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक -एआइजी-को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

बुधबार बसेको राज्य व्यवस्था समितिकाे बैठकले गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर एआइजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हाे । सरकारले नेपाल प्रहरीमा रहेकाे ३ एआइजी दरबन्दी बढाएर ४ मा पुर्याएकाे थियाे ।

गत मंसिर ४ गते बसेकाे मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा थपियो एक एआइजी र पाँच डीआईजीको दरबन्दी थप्ने निर्णय गरेकाे थियाे ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसंग परामर्श समेत नगरि थपिएकाे एआईजीबारे चाैतर्फी आलाेचना भैरहेकाे छ । उपप्रधानमन्त्री इश्वर पाेखरेलकाे दवाबमा थपिएकाे एआइजी पदमा १०१ औं ब्याचका डिआईजी विश्वराज पोखरे एआइजी बढुवा सिफारिस भइसकेकाे छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ मंसिर २४, १५: ३३

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ मंसिर २४, १५: ३३

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ मंसिर २४, १५: ३३

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...