गाउँपालिकाले छाड्यो आँधीखोलामा माछाका भुरा – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

गाउँपालिकाले छाड्यो आँधीखोलामा माछाका भुरा

नयाँ विकल्प

पाेखरा -आँधीखोला गाउँपालिकाले खोलामा माछाका भुरा छाडेको छ । पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले गाउँपालिकाले आँधीखोलामा ५२ हजार माछाका भुरा छोडिएको जनाएको छ ।

कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ल्याइएका १४ पोका भुरा आँधीखोलाको विभिन्न सात ठाउँमा छोडेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए। माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि गाउँपालिकाले माछाका भुरा खोलामा छाडेको हो ।

आयातित माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । उनले भने , “नदी, ताल र तलाउको जैविक विविधता कायम गर्नुका साथै पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ ।

त्यसैले जैविक विविधता कायम राख्नका लागि खोलामा माछाका भुरा छाडेका हौँ ।” खोलामा साना भुरा छोड्दा काग, बकुल्लोलगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढी हुने भएकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताए । विभिन्न कारणबाट खोलामा माछा लोप हुँदै जान थालेपछि ठेडे, हाँडे र गर्दी जातको माछाका भुरा जलाशयमा ल्याएर आँधीखोलामा छाडिएको गाउँपालिकाले जनाएको छ । रासस

सम्बन्धित समाचार

२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
  • २०७७ मंसिर २५, ११: ५१

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
  • २०७७ मंसिर २५, ११: ५१

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
  • २०७७ मंसिर २५, ११: ५१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...