काेराेना संक्रमण बढेपछि कञ्चनपुर शुक्लाफाँटाका विद्यालय १० दिनका लागि बन्द – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

काेराेना संक्रमण बढेपछि कञ्चनपुर शुक्लाफाँटाका विद्यालय १० दिनका लागि बन्द

नयाँ विकल्प

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ ।

नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । लामो समयदेखि बन्द भएको विद्यालय मङ्सिर २१ गतेदेखि सञ्चालन गरिएका थियो ।

वडा नं ५ र ६ मा गरी आठ जनामा कोरोना भाइरसको सङ्क्रमण हुनुका साथै एकको मृत्यु भएपछि नगरपालिकाले विद्यालयमा समेत सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । “कोरोना भाइरस समुदायस्तरमै देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ”, नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले बताए । ,

“नगरपालिकाको निर्णयलाई बेवास्ता गरी प्रत्यक्ष विधिबाट कक्षा सञ्चालन गरे त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले लिनुपर्ने छ ।” भट्टले भने । नगरपालिकाको निर्णयलाई बेवास्ता गर्दै नगर क्षेत्रका केही संस्थागत विद्यालय भने आजसमेत सञ्चालनमा रहेका छन् ।

यसअघि लामो समयदेखि अवरुद्ध पठनपाठन मङ्सिर २१ गतेदेखि पुनः सञ्चालन गर्ने नगर कार्यपालिकाले निर्णय गरेको थियो । विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार र कोभिडको प्रभावलाई ध्यानमा राखी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन भएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरेको थियो ।

शुक्लाफाँटामा हालसम्म १२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये नौजना मात्रै सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए।

सङ्क्रमितमध्ये दुई जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । बुधबार मात्रै कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ५२ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरीसेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ मंसिर २५, ११: ५८

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ मंसिर २५, ११: ५८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ मंसिर २५, ११: ५८

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...